प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, नीति तथा कार्यक्रमबारे छलफल

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, नीति तथा कार्यक्रमबारे छलफल

सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा आशावादी र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमको सूची बनाउन अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन्।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए। पौडेलले भने, ‘नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार हो, संसदमा प्रभावकारी भूमिका खेल्नुपर्छ, जनतालाई डेलिभरी दिनेगरी अगाडि बढ्नुपर्छ भन्नुभयो। ’  
 

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी  थिए। उनीहरुबीच समसामयिक राजनीति, बजेट अधिवेशनलाई प्रभावकारी बनाउने, शिक्षक आन्दोलनको विषयमा छलफल भएको छ। 

स्रोतका अनुसार ओली र देउवाले सरकारको नीति तथा कार्यक्रममा समेट्ने पर्ने नीतिगत विषयमा छलफल गरेका छन्। आम जनतामा निराशा फैलिरहेका बेला सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा आशावादी र जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमको सूची बनाउन अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखकलाई निर्देशन दिएका छन्। सरकारले आगामी १९ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ।  

स्वास्थ्य उपचारका लागि थाइल्यान्ड गएर फर्किएपछि उनीहरूबीच पहिलोपल्ट भेटवार्ता भएको हो। केही समय यता कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र शेखर कोइराला लगायतका कांग्रेस नेताले सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.