यसकारण विद्यालय शिक्षा ऐन आवश्यक

एक शिक्षक जो ३४ वर्षदेखि एउटै श्रेणीमा !

एक शिक्षक जो ३४ वर्षदेखि एउटै श्रेणीमा !
सुन्नुहोस्

जाजरकोट : जाजरकोटमा मण्डल सर भन्ने बित्तिकै जो कोहीले पनि असल र इमान्दार शिक्षकका रूपमा चिन्ने गर्छन्् । उनी धेरैका गुरु हुन् । गणित, विज्ञान र ऐच्छिक गणितमा अब्बल दक्षता राख्ने मण्डल सर आदर्श शिक्षकका रूपमा स्थापित छन् । सप्तरी जिल्ला तिरहुत गाउँपालिका ५ निवासी सत्यनारायण मण्डल त्रिभुवन मावि खलंगाका गणित÷विज्ञान शिक्षक हुन् । 

२०४८ साल भदौ २ गते अस्थायी नियुक्ति लिएर शिक्षण थालेका मण्डल सर अहिलेसम्म निरन्तर सेवामा छन् । २०५२ सालको शिक्षक सेवा आयोगको परीक्षाबाट २०६० साल मंसिर ७ गते स्थायी नियुक्ति लिएका मावि तृतीय श्रेणीका उनी अहिलेसम्म पनि सोही श्रेणीमा कार्यरत छन् । अहिलेसम्म उनको स्तर वृद्धि हुन सकेको छैन ।

धेरैलाई शिक्षा दिए । धेरैको गणित र साइन्स पढ्ने वेस बनाइदिए । डाक्टर इन्जिनियर, प्रशासकलगायतका उच्च पदमा पुग्ने आधार बनाइदिए तर आफू भने मैनबत्ति जस्तै जलिरहे । ३४ वर्षअघि जुन पद र श्रेणीमा उनले सुरु नियुक्ति लिएका थिए । अहिले पनि उही पद र श्रेणीमै काम गर्न बाध्य छन् । काममा जुन उत्साह र जोस थियो त्यो विस्तारै निराशामा परिणत हुन थालेको छ । ‘ऊर्जाशील समय सबै जाजरकोटमै बित्यो अब यहीँबाट रिटायर्ड हुने हो’, उनले भने, ‘म मेरो पेशाबाट सन्तुष्ट छु । धेरै विद्यार्थी र अभिभावकबाट गहिरो माया र श्रद्धा पाएको छु तर बढुवामा भने म निकै अन्यायमा परेँ ।’ उनको रिटायर्ड हुन अढाई वर्ष मात्र बाँकी छ ।

उनले भारतको बिहारस्थित जगदीश नन्दन कालेज मधुवनीबाट प्रथम श्रेणीमा बीएस्सी उत्तीर्ण गरेका हुन् । पूर्वी तरार्ईमा जन्मेर, त्यहीँ शिक्षादिक्षा लिएर हुर्केको मधेसी समुदायको मान्छे अति विकट दुर्गम जिल्ला जाजरकोटमा पहिलोपटक आउँदा छुट्टै संसारमा पुगेको अनुभूति भयो । सुर्खेतको बोटेचौरबाट पैदल हिँडेर जाजरकोट पुग्नुपथ्र्यो । करिब दुईदिन पैदल हिँडेर जाजरकोट खलंगा पुग्थे । 

त्यतिबेला धेरै दुःख थियो उनले भने, ‘मैले ९ र १० कक्षामा अनिवार्य विज्ञान र ऐच्छिक गणित निरन्तर रूपमा अध्यापन गराइरहेको छु । त्यसका साथै केही वर्ष ११ र १२ कक्षा र क्याम्पसमा मेजर गणित, अर्थशास्त्रको गणित, विज्ञान शिक्षण लगायतका विषयको अध्यापन गराएँ । माध्यमिक र आधारभूत तहका विज्ञान र गणित विषयका दर्जनांै तालिम र प्रशिक्षक प्रशिक्षण तालिमहरू लिएँ । धेरै शिक्षकहरूलाई प्रशिक्षण पनि गराएँ । जिल्ला शिक्षा समितिबाट २०६२ सालमा उत्कृष्ट शिक्षका रूपमा पुरस्कृत पनि भए ।’

यद्यपि, बढुवामा भने उनलाई ठूलै झड्का लाग्यो जबकी सोर्सफोर्सकै कारण उनीभन्दा ८ जना जुनियर शिक्षक द्वितीय श्रेणीमा बढुवा भए तर उनी तृतीयबाट माथि उक्लन सकेनन् । २०६६ सालमा कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवामा जम्मै स्रोत व्यक्तिहरू बढुवा भए । 
वर्षौंदेखि नपढाएर तत्कालीन जिल्ला शिक्षा कार्यालय वरिपरि घुम्ने स्रोत व्यक्ति बढुवा हुने तर वर्षौंदेखि फिल्डमा खटिने शिक्षक उपेक्षित भएपछि उनले तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालयमा उजूरीसमेत दिए । 

उजुरीमाथि छानबिन हुँदा आफूले पेस गरेको कार्य सम्पादन मूल्यांकन (कासमु)फायल नै गायब भएको उनको गुनासो छ । ‘फायल गायब मात्र गरिएन जिल्ला शिक्षा कार्यालयको दर्ता रजिष्टर नै नक्कली बनाएर कासमु फारम नै नभरेको देखाइयो । जवकी कि मैले प्रत्येक वर्ष प्रधानाध्यापकसँग प्रमाणित गराएर कासमु पेस गरेका थिए । यो कुराले मलाई साह्रै तनाव दियो’ उनले भने, ‘अस्थायीसहित सेवा गर्न थालेको ३४ वर्ष पुगिसक्यो । स्थायी भएकै २२ वर्ष भइसक्यो मैले बढुवामा अवसर पाउन सकिनँ । जाजरकोटबाट धेरै सिक्ने र सिकाउने अवसर पाएँ । तर, मेरो वृत्ति विकास हुन सकेन यही कुराले मात्र पिरोल्ने गर्छ । बढुवामा बदमासी भयो । निश्पक्षता भएन । चौथो तहमा नाम निकालेका मैले पढाएका विद्यार्थी अहिले सातौं तहमा पुुगिसके । छैटौं तहमा प्रवेश गरेको मान्छे १०औं तहमा पुगिसक्छ । हामी भने वर्षौं घोटिएर पनि उही पदमा काम गर्न बाध्य छौं । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने हो भने शिक्षकहरूलाई पनि अन्य सेवा र क्षेत्र सरह वृत्ति विकासको अवसर दिनु पर्छ  कम्तीमा १० वर्षमा आवधिक बढुवा प्रणाली लागु गर्नु पर्छ । यी प्रावधानसहित तत्काल विद्यालय शिक्षा ऐन आउनुपर्छ र हामी जस्ता सोर्सफोर्स नभएका शिक्षकहरूको वृत्ति विकासमा सहयोग हुनेगरी ऐन जारी हुनुपर्छ । शैक्षिक गुणस्तरका लागि पनि शिक्षको वृत्ति विकास आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.