नुवाकोटका मौरीपालक किसानहरुलाई घार हस्तान्तरण
नुवाकोट : नुवाकोटका मौरीपालक किसानहरुलाई मौरीको घार हस्तान्तरण गरिएको छ । विदुर नगरपालिकाको विभिन्न स्थानमा मौरीपालन गरिरहेका किसानहरुलाई व्यवसाय विस्तारको लागि घार हस्तान्तरण गरिएको हो ।
२५ जना मौरीपालक किसानहरुलाई प्रोत्साहनस्वरुप घार प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा घार प्रदान गरेको जनाएको छ ।
विदुर नगरपालिका–५ कार्यालयले तालिम प्राप्त गरेका किसानहरुलाई व्यवसाय विस्तारमा जोड दिँदै घार प्रदान गरिएको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनले मौरीपालन व्यवसायलाई विस्तार गरी मह विभिन्न स्थानमा बिक्री वितरण गर्न सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस !