नाउपा र जनमतबीच ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने, यस्ता छन् प्रमुख बुँदाहरू

नाउपा र जनमतबीच ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने, यस्ता छन् प्रमुख बुँदाहरू
फाइल तस्बिर

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने भएको छ। नागरिक उन्मुक्ति पार्टीको अन्तिम केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै संरक्षक रेशम चौधरीले ९ बुँदे सम्झौतासहित पार्टी एकता हुने जानकारी गराएका हुन्।

उनले विशेष सम्बोधन गर्दै पार्टी एकतापछि पक्कै पनि आफूहरूका लागि अनुकूल अवस्था नरहने बताए। दुई चार झुन्ड मिसिएपछि आफूहरूको कुरामात्र सुनुवाइ नहुन पनि सक्ने उनले नेता-कार्यकर्तालाई सजग गराए।

उनले पार्टी एकतापछि धेरै कुराहरू स्वीकार गर्नुपर्ने बताए। कतिपय निर्णयमा चित्त नबुझ्दा पनि स्वीकार गर्नुपर्ने अवस्था आउनसक्ने उनको भना इछ। 'एउटा घरको मान्छे, अर्को घरको मान्छेसँग सम्झौता गरेपछि धेरै कुरा पचाएर अघि बढ्नुपर्छ,' उनले भने। यद्यपि उनले पार्टी एकता फुट्नका लागि नगरिएको बताए।

उनले ९ बुँदे सम्झौतामा पार्टीको नाम, संरचनालगायतका विषयमा भएको खुलाए। संरक्षक चौधरीका अनुसार पार्टीको नाम नागरिक जनमत हुनेछ भने नेता-कार्यकर्ताहरूले 'जय नागरिक' भनेर सम्बोधन गर्नेछन्। त्यस्तै चुनाव चिन्ह ढकिया राख्ने र एकतापछिको ७०० सदस्यीय केन्द्रीय समिति बनाउने सम्झौतामा उल्लेख छ।

त्यस्तै दुवै पार्टीबाट ५०-५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने र केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय रहने, जसमा दुवै पार्टीबाट २५-२५ र संरक्षक रेशम चौधरी गरी ५१ सदस्यीय रहने निर्णय भएको छ।  

त्यस्तै १७ गते पार्टी एकतापछि प्रज्ञा प्रतिष्ठानमै पहिलो संयुक्त केन्द्रीय समितिको बैठक बसेर निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय गरिएको छ। वैशाख १९ गते निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने निर्णय भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.