९ वर्षपछि भेटियो हराएको विश्व शान्ति मण्डला

९ वर्षपछि भेटियो हराएको विश्व शान्ति मण्डला
सुन्नुहोस्

काठमाडौं : विश्वकै सबैभन्दा ठूलो भनिएको ‘विश्व शान्ति मण्डला’ ९ वर्षपछि भेटिएको छ । काठमाडौं गोंगबुस्थित डेराबाट बरामद गरिएको उक्त मण्डला प्रहरीले लुम्बिनी विकास कोषको जिम्मा लगाउन तयारी गरिरहेको छ । काठमाडौं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर

थकालीको कोठाबाट ८१ थान 
थाङ्का बरामद गरिएको हो । सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौं–२६ बसोबास गरिरहेका ६४ वर्षीय थकालीबाट बरामद थाङ्का लुम्बिनी विकास कोषमा हस्तान्तरणको लागि प्रहरी परिसरमा राखिएको छ ।

गायब भएको इतिहास
विश्व शान्ति मण्डला सन् २०१६ मा जापान–नेपाल कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा नेपाल ल्याइएको थियो । काठमाडौं, पोखरा र लुम्बिनीमा भव्य प्रदर्शनपछि मण्डला ‘हराएको’ थियो । यो हराइले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल बनाएको भन्दै लामो समयदेखि चिन्ता व्यक्त हुँदै आएको थियो ।  

कसरी हरायो मण्डला ? 
मण्डला नेपाल ल्याउने जिम्मा थकालीलाई दिइएको थियो । तर, प्रदर्शनपछि उनले सम्बन्धित निकायलाई नफिर्ता गरी आफ्नै नियन्त्रणमा राखे । थकालीले यो मण्डला भन्सार प्रक्रिया पूरा गरी नेपाल ल्याएको दाबी गर्दै लुकाएर राखेका थिए ।

अर्कोतर्फ, जापानी नागरिक कातागिरी याचुतादाले मण्डला आफ्नो भएको भन्दै पटक–पटक फिर्ता माग गर्दै आएका थिए । कातागिरीले नेपाल सरकार, संस्कृति मन्त्रालय, प्रहरी प्रशासन र नेपाली दूतावासमार्फत अनेक प्रयास गर्दा पनि मण्डला फिर्ता हुन सकेको थिएन । अन्ततः ९ वर्षपछि प्रहरीको सक्रियतामा मण्डला बरामद गरिएको हो ।

अदालत र प्रशासनको संलग्नता
२०७६ मा जापानी नागरिक कातागिरीको तर्फबाट जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । त्यसपछि उच्च अदालत पाटनमा थकालीले अन्तरिम आदेश माग्दै निवेदन दिएका थिए । अदालतले दुवै पक्षलाई पर्यटन मन्त्रालयमा उपस्थित भएर छलफल गर्न निर्देशन दिएको थियो ।

त्यसयता पटक–पटकको पत्राचार र प्रशासनिक प्रयासपछि २०८१ असार १० मा लुम्बिनी विकास कोषलाई थांका हस्तान्तरण गर्ने सहमति भएको थियो । तर थकालीले ढिलाइ गर्दा प्रहरीको हस्तक्षेप आवश्यक बन्यो ।

मण्डलाको अद्भुत कथा
सन् १९९४ मा जापानी नागरिक कितामुराको सोचबाट सुरु भएको मण्डला योजनामा सूर्य थकालीसमेत सुरुदेखि संलग्न थिए । ‘घरजत्रो मण्डला’ बनाउने कल्पनाबाट सुरु भएको अभियान जापानमा धार्मिक आतंकवादका कारण रोकिएको थियो ।

तर जापानी नागरिक कातागिरी याचुतादाले योजना पुनः ब्यूँताउँदै एम–२१ नेटवर्क टोकियो नामक संस्था स्थापना गरे । उनले १६ देशका १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी लगातार तीन वर्ष लगाएर ८१ टुक्रामा मण्डला तयार गरे । यो मण्डलाको आकार ७०×५० मिटर र तौल करिब २ टन छ । 
 मण्डलाका दुई टुक्रा नेपालमा निर्माण भएका थिए । बाँकी ७५ प्रतिशत जापानमा र अन्य १५ देशमा बनाइएको थियो । मण्डला प्रदर्शनबाट उठ्ने रकम एसियाली बालबालिकाको शिक्षामा खर्च गर्ने लक्ष्य लिइएको थियो ।

प्रदर्शन र विवाद
२०१२ मा थकालीकै नेतृत्वमा नेपालमा मण्डलाको भव्य प्रदर्शन गरिएको थियो । त्यसको प्रभावले २०१६ मा कातागिरीले मण्डला पुनः नेपाल पठाएका थिए । तर प्रदर्शनपछि थकालीले मण्डला फिर्ता गरेनन् । त्यसैले टोकियो ओलम्पिक २०२० मा गर्ने भनिएको प्रदर्शनी पनि हुन सकेन । कातागिरीले जापान, श्रीलंका, म्यानमार लगायतका देशबाट माग आएपनि मण्डला फिर्ता नपाएपछि प्रदर्शन रोकिएको बताए ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.