आफ्नै गाउँ फर्किआएँ. . ..

आफ्नै गाउँ फर्किआएँ. . ..

नेपालमा भविष्य छैन भनेर बिदेसिने लहर चढेका बेला भरतपुरका सुशील पण्डित भने स्वदेशमै भविष्य देखेर नेपाल फर्किए। अध्ययनका लागि अस्ट्रेलिया गएका पण्डितलाई विदेशमा कमाई राम्रो लाग्यो। तर, स्वाभिमान लागेन। विदेशको मनग्य कमाई र सुविदाले उनको मन जित्न सकेन। गतिलो कमाई भए पनि उनले नेपालमै भविष्य देखेँ। नलजाइकन आँट गरे विदेशको भन्दा बढी हुन्छ भनेर उनी नेपाल फर्किए। धेरै युवाले विदेशमा भविष्य देखेका बेला सुशीलले आफ्नै देशमा सबै देखेँ। 

विदेशको मेहेनतको राम्रो अनुभव गरेका शुसिलले होटल सुरु गरे। पूर्वपश्चिम राजमार्गको गैंडाकोटस्थित जयश्री खोलाबाट करिब डेढ सय मिटर पश्चिममा उनको जयश्री होटल छ। उनले ग्राहकको स्वाद र सन्तुष्टिलाई आफ्नो लक्ष्य बनाए। यही कारण उनको होटल स्वादको पारखीको रोजाई बन्यो। अहिले नाम पनि छ, दाम पनि। ‘अर्गानिक र हाइजेनिक खाना मौलिक नेपाली स्वादमा यसैलाई योजना बनाएर अघि बढे। एक पटक आएपछि आइरहने ग्राहकका कारण हौसला मिलेको छ’, सुशीलले भने, ‘विदेश छोडेर किन आएको होला भन्थे। होटलको मिहिनेतले दिएको सफलताले सबैलाई जवाफ दिएको छ। ’

null

२९ वर्षमा उनी अष्ट्रेलियाबाट फर्किएका हुन्। अष्ट्रेलियामा उनले होटल म्यानेजमेन्ट पढेका हुन्। पढाइ सकिएपछि उनलाई नेपाल नै फर्किने सोच बनाए। नेपाल फर्किएपछि गर्ने योजनाको तयारी थिएन। तर उनमा आत्मविश्वास थियो। पढेकै विषय होटल क्षेत्रमा अवसरको खोजीमा थिए। उनको होटलदेखि डेढ किलोमिटर पर रहेको थुम्सिमा ढिँडो खाने होटल छन्। त्यहाँ जाँदा स्तरीय खालको होटल खोल्ने योजना बनाए। उनले त्यही ढिँडोलाई ब्रान्ड बनाए। तर, अरूको भन्दा फरक। मौलिक नेपाली खाना र खाजा। २ कठ्ठा ५ धुर जग्गा किनेर  करोडको लगानीमा उनले सुरु गरे, ‘होटल जयश्री।’ ग्राहकलाई खुसी बनाउन परिकारमा मेहेनत गर्छन्। उनको होटलमा स्वादमा रमाउनेको ओइरो लाग्छ। भरतपुर, नारायणघाटका प्रतिष्ठित ब्यक्तिहरूको रोजाईमा परेको छ। राजमार्ग छेवैमा भएकाले पनि थकान मेटाउँदै स्वादमा रमाउने थलो बनाए। उनको होटलमा कहलिएका राजनीतिकर्मी , कलाकार, व्यापारी, चिकित्सकहरूको भीड हुन्छ।  पूर्वपश्चिम राजमार्ग भएर जानेहरू उनको होटलमै खाजा र खाना खान पुग्छन्। उनको होटलमा ग्राहक पल्किने गरेका छन्। अस्ट्रेलियाबाट स्वदेश फर्किएकोमा उनलाई कुनै पछुतो छैन। होटलको सफलताले अस्ट्रेलिया बिर्साइदिएको छ। ‘नेपालमै केही भविष्य छैन भन्ने होइन। काम सानो ठूलो नभनी मेहनत गर्ने हो भने यही ठूलो अवसर छ’, सुशीलले भने, ‘आज म मात्रै होइन परिवार सन्तुष्ट छन्। खुसी छन्।’

सुरुमा प्रतिस्पर्धा गर्न  निकै समस्या भयो। उनले हिम्मत हारेनन्। ढिँडो र लोकल कुखुराको मासु, नारायणीको लोकल माछा   होटल चिनिएको छ। त्यसपछि उनको होटलमा ग्राहक बढ्न थाले। फापर, कोदो र मकैको पिठो मिसाएर मिक्स गरेर ढिँडो बनाउँछन्। गैंडाकोट नगरपालिकाको थुम्सीमा झन्डै ७० वटा ढिँडोका होटलहरू छन्। सुशीलले ‘होटल जयश्री’ सेवा र सत्कारले यीभन्दा फरक बनाए। मेघौलीका सन्देश चापागाईँले अष्ट्रेलियाको पीआरमा छोडेर आए।

null

१२ वर्ष अष्ट्रेलिया बसेर मनग्य आम्दानी छोडेर देशमै केही गर्छु भनेर आए। नेपाल फर्किएकोमा उनलाई पछुतो छैन। राप्ती किनारमा होटल मेघौली सफारी सञ्चालन गरेका छन्। सेराई र बाराहीको बीचमा होटल चलाएका छन्। ७ करोडमा जग्गामा लगानी गरे। सात करोड संरचना तयार गर्न लागेका छन्। होटलमा पाहुना आकर्षण गरेका छन्। आएका पाहुनालाई सन्तुष्ट बनाउन लागि पर्छन्। अष्ट्रेलियामा बसेको भए उनले करोडौं कमाउँथे। तर, करोडभन्दा बढी उनलाई आफ्नै भूमिमा सन्तुष्टि मिलेको छ। ‘अस्ट्रेलियाको पीआरभन्दा आफ्नै देशको  माटोको प्यार मिठो लाग्यो’, उनले भने, ‘यही सम्भव छ भनेर आएको हुँ। अहिले पूर्ण सन्तुष्ट छु। होटलमा आएका पाहुनालाई खुसी पार्न सकियो भने देशको अवस्था खस्किएको भन्ने थाहै हुँदैन। यही गर्न सकिन्छ भन्नेमा ढुक्क छु।’ उनले अष्ट्रेलियामा  हस्पिटालिटी म्यानेजमेन्ट पढेर आएका हुन्। सेफको काम गर्थे। अहिले पाहुनासँगै व्यवसायमा पनि रमाएका छन्।  उनी जंगल, बोटिङ, जिप सफारीमा पाहुनासँगै जंगल जाने गरेका छन्।

null२३ वर्ष भारतीय सेनामा काम गरेका भरतपुर महानगरपालिका १९ गुञ्जनगरका भरत तामाङ आफ्नै थलोमा व्यावसायिक भैंसीपालन गरेका छन्। सँगैका साथी उमेर छ भन्दै विदेश गए। तर, उनले बाँकी जीवन स्वदेशमै पसिना बगाउने सोँच बनाए। शिक्षण पेसामा आबद्ध उनकी श्रीमती चम्पासँगै भरतपुर भैंसीपालनमा व्यस्थ छन्।  ५ वर्षदेखि उनले एनएन्डएन पशुपालन फार्म सञ्चालन गर्दै आएका छन्। 

छुट्टीमा आउँदा पर्साढापमा मामाले भैँसीपालन गरेको देखेपछि उनले सुरु गरेका हुन्। विदेशी भूमिमा बन्दुक बोकेका हातले अहिले भैंसी दुहुने, गोबर सोहोर्न व्यस्त छन्। दूधको बजार व्यवस्थापन गर्दैमा दिन झमक्क डुबेको पत्तै पाउँदैनन् उनीहरू। आफैंले दुध बजारमा विक्रि गर्छन्। ‘विदेश जानुभन्दा पनि स्वदेशमै बसेर व्यवसाय गरे आम्दानी गर्न सकिन्छ। उत्पादनमूलक काम गर्‍यो भने बजारीकरणको समस्या छैन’, उनले भने, ‘म फर्कें भने धेरैको रोजगारी गुम्छ भनेर निरन्तर संघर्ष गरेँ, अहिले सबैको वाहवाही पाएको छु। अरूको दास बन्नेकी आफंै मालिक बन्ने भन्ने हो।’ 

भविष्यमा चीज उत्पादनको योजना पनि बनाएका छन्। १७ कठ्ठा पुर्ख्यौली जग्गामा करिब ६ करोड लगानी गरिएको फार्ममा अहिले ८० वटा माउ भैंसी र ५ वटा गाई छन्।  साना पाडापाडीसहित १५० वटा छन्। दैनिक ४ सय ५० लिटर दूध उत्पादन गर्छन। गाउँका १० जनालाई रोजगारी पनि दिएका छन्।  अमेरिकामा पीएचडी गरेका ससन देवकोटा चितवनमा स्ट्रबेरी खेतीमा कहलिएका छन्। अमेरिकामा अध्ययन सकेर २०७५ मा नेपाल आएका देवकोटाले स्ट्रबेरी खेतीमा पहिचान बनाएका छन्। भरतपुर महानगरपालिका नारायणपुरस्थित नेपाल एग्रोभाइन प्रालिले दुई बिघा १५ कट्ठा जमिनमा स्ट्रबेरी गरेको छ। उत्पादनको सिजनमा स्ट्रबेरीको स्वाद संगै भिडियो तस्बिर खिच्नेको भीड लाग्छ। स्ट्रबेरी मात्रै वर्षमा ३० लाख रूपैयाँको विक्रि गर्छन्। कृषिमै अध्ययन गरेका अन्यलाई जोडेर फर्म सुरु गरेका हुन्। तराईमा पनि स्ट्रबेरी उत्पादन हुन्छ र लाखौं कमाउन सकिन्छ भन्ने देखाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.