अमेरिका र युक्रेनबीच प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर

अमेरिका र युक्रेनबीच प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर
सुन्नुहोस्

काठमाडौं : अमेरिकाले युक्रेनसँग प्राकृतिक स्रोत सम्झौतामा हस्ताक्षर गरेको छ। अमेरिकी अर्थ विभागले जारी गरेको विज्ञप्ति अनुसार दुवै देश  पुनर्निर्माण लगानी कोष बनाउन सहमत भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताले अमेरिकालाई बढी फाइदा पुर्‍याउने बताएका छन्।

उनले भने, ‘बाइडेनले युक्रेनलाई ३५० अर्ब डलर दिए। हामीले गरेको सम्झौताले हामीलाई त्योभन्दा बढी पैसा दिनेछ।’

यसअघि बुधबार अमेरिकी अर्थमन्त्री स्कट बेसान्ट र युक्रेनका उपप्रधानमन्त्री युलिया स्विरिडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका थिए।

अमेरिकी ट्रेजरी विभागका अनुसार सम्झौता अन्तर्गत दुई देशले पारस्परिक सम्पत्ति, प्रतिभा र क्षमताले किभको पुनर्प्राप्तिलाई गति दिन सुनिश्चित गर्नका लागि सहकार्य गर्नेछन्।

युक्रेनको दुर्लभ खनिज पदार्थमा अमेरिकी पहुँच सुनिश्चित गर्न किभ र वासिङ्टनबीच महिनौंदेखि वार्ता भइरहेका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.