ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारबाट माइक वाल्ट्जलाई बर्खास्त
मार्को रुबियो कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विदेशमन्त्री मार्को रुबियोलाई कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) नियुक्त गरेका छन्। वर्तमान एनएसए माइक वाल्ट्जलाई पदबाट हटाएर संयुक्त राष्ट्र संघको राजदूतको रूपमा नियुक्त गरेका छन्।
वाल्ट्सले राजीनामा दिन सक्ने अनुमान पहिले नै गरिएको थियो। सैन्य योजनाहरूको बारेमा छलफल गर्न प्रयोग गरिने सिग्नल च्याटमा वाल्ट्जले एक पत्रकारलाई थपेको खुलासा भएपछि ट्रम्पले यो घोषणा गरेका हुन्।
माइक वाल्ट्जले राजीनामा दिने
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) माइक वाल्ट्जले चाँडै नै राजीनामा दिन सक्ने जनाइएको छ। मिडिया रिपोर्टका अनुसार वाल्ट्जसँगै उनका उपप्रमुख एलेक्स वोङले पनि आफ्नो पद छोड्न सक्छन्। यद्यपि यो कुराको आधिकारिक पुष्टि अझै भएको छैन।
नयाँ सरकार गठनको पहिलो १०० दिन भित्रै वाल्ट्जले ट्रम्पको विश्वास गुमाएका मानिन्छ। वाल्ट्ज अमेरिकी सेनाको विशेष युनिट फोर्समा 'ग्रीन बेरेट कमाण्डो' रहेका छन् र उनले अफगानिस्तानमा तालिबानसँग पनि लडेका छन्।
उनले अफगानिस्तानबाट बाइडेन सरकारको सैन्य फिर्ताको कडा विरोध गरेका थिए। उनले मध्य पूर्व र अफ्रिकामा पनि सेवा गरिसकेका छन्।
राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालमा आफ्नो पद त्याग्ने वाल्ट्ज पहिलो उच्च पदस्थ सदस्य हुन्। चुनाव जितेपछि ट्रम्पले सुरुमा नियुक्त गरेका व्यक्तिहरूमध्ये वाल्ट्ज एक हुन्।
प्रतिक्रिया दिनुहोस !