दुम्किवासमा डाइभर्सन बाढीले बगायो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध

दुम्किवासमा डाइभर्सन बाढीले बगायो, पूर्व पश्चिम राजमार्ग अवरुद्ध
तस्बिर : रमेश बस्ताकोटी।
सुन्नुहोस्

नवलपुर : पूर्व पश्चिम राजमार्ग अन्तर्गत दुम्किवासमा बिनयी खोलामा बनाइएको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको छ । 

विनयी खोलाको पुल भाँचिएपछि खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आए पनि शुक्रबार बिहान आएको बाढीले डाइभर्सन  बगाएपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधु नेपालले जानकारी दिए । 

हलुका सवारी साधनलाई  होङ्सी सिमेन्ट गेट हुँदै  वैकल्पिक मार्गबाट पठाइएको र अन्य यातायातका साधन भने रोकिएको प्रहरीले जनाएको छ । 

डाइभर्सन पुन: बनाउने प्रयास भइरहेको जिल्ला प्रहरीको भनाइ छ । विनयी खोलमाथिको पुल भासिएको ३ महिनाभन्दा बढी समय भइसक्दा पनि मर्मत नहुँदा खोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको हो । वर्षा हुना साथ डाइभर्सन बगाएर यातायात अवरुद्ध हुने गरेको छ  । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.