त्रिशूलीमा प्रसूति सेवा प्रभावकारी बन्दै
नुवाकोट : उपकरणको सुविधासँगै नुवाकोटको त्रिशूली अस्पतालमा प्रसूति सेवा प्रभावकारी हुँदै गएको छ । चिकित्सक तथा उपकरणहरूको सुलभताका कारण अस्पतालमा प्रसूति गर्नेहरू बढिरहेका छन् ।
विदुर नगरपालिका ९ कोलोनी वाघटारमा रहेको त्रिशूली अस्पतालमा प्रसूति सेवा प्रभावकारी भएपछि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिए ।
नुवाकोटमा बुधबार मात्रै एकै दिन सातवटा सिजेरियन डेलिभरी गरिएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाको भनाइ छ । डा. अनिलकुमार खरेल र दीपिका श्रेष्ठको नेतृत्वमा टिमले शल्यक्रियामार्फत सबै डेलिभरी सफल गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !