एपिएफ बन्यो भोजपुर गोल्डकपको च्याम्पियन

एपिएफ बन्यो भोजपुर गोल्डकपको च्याम्पियन
सुन्नुहोस्

भोजपुर : भोजपुरमा जारी आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)ले उचालेको छ। शनिबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाईज युनाइटेडलाई ४—० को फराकिलो गोलअन्तरले हराउँदै एपिएफ विजेता बनेको हो। 

खेलको १७ औँ मिनेटमा एपिएफका विशाल स्याङतानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । दोस्रो हाफको ६४ औँ मिनेटमा एपिएफका समिराज थोकरले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यस्तै खेलको ७५ औँ मिनेटमा.एपिएफका अनिष महर्जन र ८१ औँ मिनेटमा एपिएफका बिके तामाङले गोल थप्दै टोलीको जित सुनिश्चित गरे । चर्च ब्वाईजले गोल गर्न नसक्दा  हारबाट जोगिन सकेन । जितसँगै विजेता एपिएफले ५ लाख नगद जितेको छ भने उपविजेता बनेको चर्च ब्वाईजले ३ लाख नगद हात पारेको छ ।

प्रतियोगिताको म्यान अफ दि म्याच एपिएफका मान बहादुर राना भए । उनले पाँच हजार सहित मेडल, प्रमाणपत्र, ट्रफि हात पारे । त्यस्तै उत्कृष्ट गोलकिपर एपिएफकै सुजन विक भए । त्यस्तै सर्वाधिक गोलकर्ताको उपाधि एपिएफका समिराज थोकरले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका पदम भट्टराई घोषित भए । उनले २५ हजार नगद हात पारे । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा देश विदेशका विभिन्न ८ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.