दाउन्नेमा सडक पूर्णरूपमा अवरुद्ध , घन्टौं जाममा फसे यात्रु
नवलपुर : सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ। शनिबार रातीदेखि भएको वर्षाले राजमार्ग हिलो भएर गाडी फस्दा दुबैतर्फ यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए।
बाटो चिप्लो हुँदा यातायातका साधन चल्न सकेका छैनन्। जसका कारण घन्टौं जाममा बस्न यात्रु बाध्य भएका छन्।
सडक निर्माणका लागि भन्दै राति ११ बजेदेखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आएको भए पनि वर्षा भएपछि यो कामसमेत प्रभावित हुँदै आएको छ। बाटो बिग्रंदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छ्न्। जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज संचालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस !