रंगशाला निर्माणका लागि गुठीले माग्यो झन्डै ५० लाख भाडा

रंगशाला निर्माणका लागि गुठीले माग्यो झन्डै ५० लाख भाडा
सुन्नुहोस्

जनकपुरधाम : जनकपुरको बहुप्रतिक्षित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा दिन गुठी संस्थानले ४९ लाख ९० हजार रुपैयाँ भाडा माँगेको छ ।

गुठी संस्थान प्रधान कार्यालय पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखाद्वारा मिति २०८२ वैशाख ११ गते मधेस प्रदेश खेलकुद तथा समाज कल्याण मन्त्रालय, जनकपुरलाई करार सम्झौता गर्नका लागि पत्राचार गरिएको हो । सो पत्रमा रंगशाला निर्माणका लागि जग्गा लिजमा लिँदा वार्षिक ४९ लाख ९० हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख छ ।

गुठी संस्थान मातहतको जनकपुर उपमहानगरपालिका १४ अन्तर्गत विभिन्न कित्तामा रहेको तैनाथी जग्गाहरूमध्ये जम्मा १७ बिघा क्षेत्रफलमा रंगशाला निर्माणका लागि खेलकुद मन्त्रालयबाट लिजमा उपलब्ध गराउन माग गरिएको थियो ।

मधेस प्रदेश सरकारको सो मागका विषयमा गत चैत २२ गते बसेको गुठी संस्थान सञ्चालक समितिको बैठकबाट गुठी तैनाथी घर–जग्गा लिज तथा बहालमा दिने सम्बन्धी निर्देशिका, २०७८ बमोजिम न्यूनतम वार्षिक लिज रकम ४९ लाख ९० हजार रुपैयाँ तिर्न भनिएको छ ।

कम्तीमा एक वर्षको भाडा बराबरले हुने रकम गुठी कार्यालयको खातामा नगदै जम्मा गरी बैंक भौचरको सक्कलप्रति लिई वा कम्तीमा एक वर्षको भाडा रकम खाम्ने गरी गुठी कार्यालयको नाममा क वर्गको वाणिज्य बैंकले जारी गरेको कम्तीमा दुई वर्ष म्याद कायम भएको शर्त रहितको बैंक जमानतको सक्कलैप्रति लिई गुठी कार्यालयमा तीन दिनभित्र सम्झौता गर्न आउनु भनी निजलाई जानकारी दिइएको छ,’ गुठीले मन्त्रालयलाई पठाएको पत्रमा उल्लेखित छ ।

सोहीबमोजिम बैंक जमानतको सक्कलै प्रतिसाथै लिई आधिकारिक प्रतिनिधिसहित करार सम्झौता गर्न उपस्थित हुन गुठीले मन्त्रालयलाई अनुरोध गरेको गुठी संस्थान प्रशासक शैलेसराज कुवरद्वार हस्ताक्षरि त पत्रमा उल्लेख छ ।

साथै गुठीले रंगशालाका लागि जग्गा लिजमा दिँदा लिज अवधिभित्र प्रत्येक दुई वर्षमा कम्तीमा १० प्रतिशतका दरले बहाल रकम वृद्धि हुने र बढीमा २५ वर्षसम्मका लागि मात्रै लिज सम्झौता रहने पनि उल्लेखित छ । यसअघि गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद्बीच २०७४ मंसिर ३ गते वार्षिक ९ लाख रुपैयाँ भाडामा तिर्ने गरि रंगशाला निर्माणका लागि जग्गा लिजमा दिने सम्झौता भएको थियो ।

तर, करार सम्झौताअनुसार परिषद्ले गुठी संस्थानलाई तिर्नुपर्ने रकम नबुझाएपछि गुठी संस्थान ऐन २०३३ को दफा ४१ बमोजिम सरकारी बाँकी सरह परिषद्बाट असुलउपर गर्ने गरी करार सम्झौता भंग गरिएको थियो । पछि मधेस प्रदेश सरकारको खेलकुद मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख तथा खेलप्रेमीहरूको अग्रसरतामा पुनः सोही जग्गा लिजमा लिने प्रक्रिया अघि बढाइएको हो ।

तर, गुठीले यति धेरै भाडा मागेपछि रंगशाला निर्माणको काम फेरि अलपत्र पर्ने जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह बताउँछन् र्। खेलकुद को क्षेत्रमा एउटा रंगशाला निर्माण गर्दासमेत गुठीले यति धेरै लिज बापतको रकम माग गरेर निर्माण कार्यमा तगारो हाल्ने काम गरेको छ,’ साहले अन्नपूर्णकर्मीसँग भने, हाम्रो आफ्नै प्रदेशमा आफ्नै नगरमा रहेको जग्गामा राम्रो काम गर्न खोज्दा यस प्रकारले प्रताडित गरिँदै छ ।

यो निन्दनीय हो ।’लिज सम्झौता नहुँदै रंगशाला निर्माणका लागि उपमहानगरपालिकाले हालसम्म डेढ करोड रुपैयाँको लगानी समेत गरिसकेको छ । यता, मधेश सरकारले रंगशाला निर्माणका लागि दुई अर्ब रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले देशकै सुविधासम्पन्न नमुना रंगशाला बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएको बेला घोषणा गरिएको एक अर्ब रुपैयाँ र मधेस सरकारले थप एक अर्ब गरी दुई अर्ब रकम दिने घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.