नेपालको पर्वतीय सौन्दर्य र सांस्कृतिक धरोहर विश्वभरि परिचित छन्। हाम्रो सानो देश नेपाल संसारको उच्चतम शिखर, सगरमाथा ९८,८४८ मिटर०, को घर हो। यसका हिमाल र उपत्यकाहरू साहसिक पर्यटनका लागि सम्पूर्ण विश्वका पर्यटकहरूको आकर्षणको केन्द्र बनेका छन्।
म एउटा गाउँमा जन्मिएर आज नेपालका एक प्रमुख पर्यटन उद्यमीको रूपमा आफ्नो यात्रा पूरा गरेको छु। यस यात्रामा मैले ट्रेकिङलाई एक साहसिक गतिविधिका रूपमा होइन, एक गहिरो जीवनको अनुभवका रूपमा बुझिरहेको छु।
नेपालको प्राचीन संस्कृतिहरू र बेजोड प्राकृतिक सम्पदाले यहाँको ट्रेकिङलाई विशिष्ट बनाउँछ। जब हामी अन्नपूर्ण, लाङटाङ या एभरेस्ट क्षेत्रमा ट्रेकिङ गर्छौं, हामी केवल प्रकृतिको सौन्दर्यलाई मात्र अनुभव गर्दैनौं। यहाँका स्थानीय समुदायहरूको जीवन र संस्कृति पनि नजिकबाट बुझ्न पाउँछौं। गाउँको सादा जीवनशैली, स्थानीय संगीत र प्राचीन पूजाआजा हाम्रो आन्तरिक आत्मासँग गहिरो कनेक्सन बनाउँछन्। यी सबै अनुभवहरूले ट्रेकिङलाई केवल एक शारीरिक यात्राभन्दा धेरै गहिरो अर्थ दिन्छ।
कोभिड–१९ महामारी अघि, प्रत्येक वर्ष करिब ४६ हजार विदेशी पर्यटकहरू ‘फ्रि इन्डिभिजुअल ट्रेकर ९एफआईटी०’ का रूपमा नेपालमा ट्रेकिङ गर्न आउँथे। महामारीका भएको मन्दीपछि, नयाँ नीतिहरूको प्रभावकारी कार्यान्वयनसँगै नेपालमा ट्रेकिङप्रति अन्तर्राष्ट्रिय आकर्षण पुनस् तीव्र रूपमा बढ्न थालेको छ। नेपाललाई पर्यटकहरूले किन उत्कृष्ट ट्रेकिङ गन्तव्य मान्छन् ?
विश्वस्तरीय साहसिक गन्तव्य :
नेपाललाई हिमालय प्रवेशद्वारका रूपमा चिनिन्छ, जहाँ विश्वकै सर्वोच्च सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका हिमशृंखलाहरू अवस्थित छन्। नेपाल जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्यको रूपमा विश्वभर प्रसिद्ध छ।
समृद्ध सांस्कृतिक सम्पदास् ट्रेकिङका क्रममा विविध जातजातिका संस्कृतिहरू, ऐतिहासिक बौद्ध गुम्बा र हिन्दु मन्दिरहरू साथै परम्परागत ग्रामीण जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइन्छ। प्राकृतिक र प्रामाणिक यात्रा अनुभवस् नेपालका धेरै ट्रेकिङ मार्गहरू अझै पनि प्राकृतिक र कम व्यावसायिक छन्, जसले अद्वितीय र वास्तविक साहसिक अनुभव प्रदान गर्छन्।
सस्तो र पहुँच योग्यस् विश्वका अन्य ट्रेकिङ गन्तव्यहरूको तुलनामा नेपालमा तुलनात्मक रूपमा कम लागतमा उच्च स्तरीय सेवा र अतुलनीय अनुभव प्राप्त गर्न सकिन्छ।
हालसम्म भएका प्रमुख नीतिगत सुधारहरू
ट्रेकिङ अनुमति प्रणालीमा सुधार स् ट्रेकिङ परमिट लिन पहिले रहेको जटिल प्रक्रियालाई अब सहज र डिजिटल बनाइएको छ।
स्थानीय समुदायको सशक्तीकरण स् स्थानीय बासिन्दाहरूलाई पर्यटनमा सक्रिय रूपमा सहभागी गराई, रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित गर्न नयाँ नीति र कार्यक्रमहरू कार्यान्वयन गरिएका छन्।
दिगो पर्यटन प्रवद्र्धन स् वातावरण संरक्षणमा जोड दिँदै फोहोर व्यवस्थापन, प्लास्टिक न्यूनीकरण र प्राकृतिक स्रोतहरूको दीर्घकालीन संरक्षणमा विशेष ध्यान दिइएको छ। राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रहरूमा वातावरणीय शुल्क अनिवार्य गरिएको छ। सुरक्षा प्रणाली सुदृढीकरणस् स्वास्थ्य आपत्कालीन सहायता, उद्धार प्रणालीको सुदृढीकरण र ट्रेकिङ गाइड तथा पोर्टरहरूका लागि बिमा अनिवार्य गरिएको छ।
नयाँ गन्तव्यहरूको विकास स् परम्परागत गन्तव्यहरू जस्तै एभरेस्ट र अन्नपूर्ण क्षेत्रका अतिरिक्त, रारा, डोल्पा, खप्तडलगायतका कम परिचित क्षेत्रहरूमा ट्रेकिङ प्रवद्र्धनका लागि विशेष पहल गरिएको छ।
डिजिटल प्रविधिको एकीकरणस् ट्रेकिङसम्बन्धी जानकारी, परमिट आवेदन प्रक्रिया तथा गाइड र ट्रेकिङ कम्पनीहरूको प्रमाणीकरण प्रणालीलाई पूर्णतस् अनलाइन माध्यमबाट सजिलो र पारदर्शी बनाइएको छ।
अन्तर्राष्ट्रिय प्रवद्र्धन कार्यक्रमहरूस् नेपालको ट्रेकिङ गन्तव्यहरूलाई विश्व बजारमा प्रवद्र्धन गर्न विभिन्न मुलुकहरूमा रोड शो, पर्यटन मेला र डिजिटल मार्केटिङ अभियानहरू सञ्चालन भइरहेका छन्।
नेपालका ट्रेकिङ मार्गहरू एकभन्दा एक बेग्लाबेग्ला अनुभव दिन्छ। खुम्बु, कञ्चनजंघा र मनास्लुजस्ता क्षेत्रहरूमा ट्रेक गर्दा हामी हिमालयसँगै स्थानीय आदिवासी समुदायहरूको जीवनशैलीसँग पनि जोडिन्छौं। यी सबैले हाम्रो यात्रा र अनुभवलाई अनमोल बनाउँछन्। ट्रेकिङको क्रममा हामी सबैलाई सम्झनुपर्ने कुरा यो हो कि हामी प्रकृतिको पाहुना हौं, मालिक होइन। यसको संरक्षण र दिगो विकास हाम्रो जिम्मेवारी हो।
आजको विश्वमा पर्यावरणीय संकट र प्रकृतिको दोहनको बेलामा, ट्रेकिङ र पर्यटन व्यवसायलाई दिगो बनाउन महत्त्वपूर्ण भूमिका आउँछ। म विश्वास गर्छु कि ट्रेकिङ मात्र आर्थिक लाभको साधन बन्नु हुँदैनस यसले स्थानीय समुदायहरूलाई सहयोग पुर्याउनु, वातावरणको रक्षा गर्नु र नेपाललाई एउटा सुरक्षित र दिगो पर्यटन गन्तव्यको रूपमा प्रस्तुत गर्नुपर्छ।
नेपालको सरकार र पर्यटन व्यवसायीहरूले यस क्षेत्रको विकासका लागि धेरै कदम उठाएका छन्। नयाँ ट्रेकिङ मार्गहरूको उद्घाटन, पर्यटन प्रवद्र्धनका लागि नयाँ रणनीतिहरू र पर्यावरणीय नीतिहरूले नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ। यद्यपि, हामी अझै धेरै गर्न बाँकी छौं। पर्यटकहरूको सुरक्षामा ध्यान पुर्याउनु, स्थानीय समुदायसँग सहयोग बढाउनु र दिगो पर्यटनका अवधारणाहरूमा आधारित नीति निर्माण गर्नु हाम्रो प्रमुख प्राथमिकता हुनुपर्छ।
नेपालको पर्यटन क्षेत्रमा, एक अर्कोतर्फ, होमस्टे प्रवृत्तिले पनि महत्त्वपूर्ण स्थान बनाएको छ। होमस्टेले पर्यटकलाई स्थानीय संस्कृतिको नजिकबाट अनुभव गर्ने अवसर प्रदान गर्छ। साथै स्थानीय समुदायका लागि पनि आयका नयाँ स्रोतहरूको सिर्जना गर्छ।
ज्वालामुखी सामुदायिक होमस्टे, जुन ज्वालामुखी–६, धादिङमा स्थित छ, यसको एक उत्कृष्ट उदाहरण हो। यहाँका स्थानीय गाउँवासीहरूले पर्यटकलाई आफ्ना घरहरूमा स्वागत गर्छन् र उनीहरूलाई स्थानीय खाना, परम्परागत कला र जीवनशैलीको बारेमा जानकारी दिन्छन्।
यसले पर्यटकलाई नेपालका ग्रामीण जीवनका बारेमा गहिरो बुझाइदिन्छ र समुदायको समृद्धिमा योगदान पुर्याउँछ। यस होमस्टेले गाउँका महिला र युवालाई स्वरोजगारका अवसर पनि प्रदान गरेको छ, जसले यस क्षेत्रको आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निभाइरहेको छ।
नेपालमा ट्रेकिङको क्रममा, आवास, पहँुच र आकर्षणको महत्त्वलाई नअल्झिकन हेरिनु हुँदैन। यी तीन तत्त्वहरूको सही अभ्यासले ट्रेकिङको अनुभवलाई सुरक्षित र सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
(सुवेदी, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्ष हुन्।)
प्रतिक्रिया दिनुहोस !