यी हुन् बैशाख १७ गतेको मन्त्रिपरिषद बैठका निर्णयहरू

यी हुन् बैशाख १७ गतेको मन्त्रिपरिषद बैठका निर्णयहरू
सुन्नुहोस्

काठमाडौं : सरकारले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरू स्वीकृत गर्ने निर्णय गरेको छ । बैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल स्मार्ट शहरसम्बन्धी सूचकहरू २०८१ लाई स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए।

बैठकले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले निजको सट्टा उक्त समितिका पूर्वगभर्नरहरूमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहनेगरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी,भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।

बैठकले वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने नेपाल हज समिति(गठन तथा सञ्चालन) आदेश २०८१ स्वीकृत गर्ने र स्वस्थ्य बीमा (पहिलो संशोधन) नियमावली स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए।

त्यस्तै जनकपुर चुरोट कारखाना,गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग लिमिटेड, नेपाल मेटल कम्पनी लिमिटेड, हेटौडा सिमेन्ट उद्योग,बुटवल धागो कारखाना लिमिटेड र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालि गरि ७ वटा प्रतिष्ठानको सरकारी लगानी व्यवस्थापन गर्न अर्थमन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.