दुबईमा अलपत्र परेको छोरालाई घर फर्काइदिन आग्रह

दुबईमा अलपत्र परेको छोरालाई घर फर्काइदिन आग्रह
सुन्नुहोस्

मुगु : दुबईमा अलपत्र परेका मुगुको छायाँनाथ रारा नगरपालिका-१४ सुम्लि गाउँका २६ वर्षीय दीपराज भण्डारीलाई नेपाल फर्काइदिन परिवारले आग्रह गरेका छन्। एक वर्षअघि रोजगारीका सिलसिलामा दुबई पुगेका भण्डारी बेवारिस अवस्थामा फेला परेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि परिवारले नेपाल फर्काउन पहल गरिदिन सरकारसँग आग्रह गरेका हुन्।

भण्डारी तीन महिनादेखि घर परिवार सम्पर्कमा थिएनन्। दुबईको अर्लकटु भन्ने स्थानमा बेवारिसे अवस्थामा उक्त स्थान रहेका नेपाली हस्त बहादुर वाइबाले भेटाएका थिए। राम्रोसँग बोल्न समेत नसक्ने अवस्थामा भेटिएका भण्डारीलाई त्यहाँ रहेका नेपालीहरूले उनको पहिचानका लागि सामाजिक सञ्जालमा अपलोड गरेका छन्। कमाउन गएको घरको जेठो छोरा यस्तो अवस्थामा देखेपछि छोरालाई नेपाल फर्काई दिन उनका बुवा आमाले सरकारलाई आग्रह गरेका हुन। 

बेवारिसे अवस्थामा भेटिएका भण्डारीको साथमा मोबाइल र पासपोर्ट समेत छैन। उनी राम्रोसँग बोल्न समेत सक्दैनन्। आमा र घर परिवारको माया लाग्छ घर जाने इच्छा भएको मुस्किलले बोलेका छन्। उनले कुन कम्पनी र कस्तो खालको काममा संलग्न भएको बताउन सकेका छैनन्। उनमा केही मानसिक समस्या देखिएको उक्त भिडियोमा उद्धार कर्ताहरू बताएका छन्।

उनका एक भाइ काठमाडौंमा मजदुरी काम गर्दै आएका छन्। घरमा वृद्ध बाबा आमा दुई छोरी र श्रीमती छन्। घरको आर्थिक अवस्था साह्रै कमजोर भएकै कारणले उनलाई तत्काल घर ल्याउने अवस्था नरहेको उनका आफन्त धनराज भण्डारीले बताए।

दिपराजका बुवा हरि बहादुरले भने, ‘छोरासँग सम्पर्क नभएको तीन महिना भयो। हाम्रा गाउँका दुई तीन/जना युवा पनि दुवै छन्। उनीहरूलाई खोजी दिन आग्रह गरेका थियौ। उनले नभेटाएको जानकारी गरेका थिए। आज मात्र बिहान छोरा यस्तो अवस्थामा भेटिएको भन्ने जानकारी गाउँका केही युवाहरूले बताएका थिए। यस्तो अवस्थामा भेटिएको छोरालाई कसरी नेपाल फर्काउने हो।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.