झापामा लागूऔषध कारोबारीमाथि हवाई फायर, ब्राउन सुगर र मोटरसाइकल बरामद

झापामा लागूऔषध कारोबारीमाथि हवाई फायर, ब्राउन सुगर र मोटरसाइकल बरामद
सुन्नुहोस्

झापा : झापा प्रहरीले हवाई फायर गरेर ठूलो मात्रामा लागूऔषध ब्राउन सुगर बरामद गरेको छ। प्रहरीले प्लास्टिकसहित २०४.०८० ग्राम ब्राउन सुगर फेला पारेको जनाएको छ ।

प्रहरीले आज बिहान ८:४० बजे कनकाई नगरपालिका-५ तल्लो चाप्रामारीस्थित सुरुङगा-झापा सडक खण्डमा शरणामतिबाट सुरुङगातर्फ आउँदै गरेको बीआर ३७ टी ९१९८ भारतीय नम्बर प्लेट भएको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोजेका थिए । मोटरसाइकलमा सवार भएका कारोबारीले प्रहरीलाई देख्न साथ मोटरसाइकल र ब्याग छाडेर घटनास्थलबाट फरार भएका हुन् । 

उनीहरूलाई पक्राउ गर्न प्रहरीले ३०३ राइफलबाट २ राउन्ड हवाई फायरसमेत गरेका थिए। तर, उनीहरू त्यहाँबाट भाग्न सफल भए । तर, उनीहरूले बोकेको ब्यागभित्र राखिएको ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

यता प्रहरीले ब्राउन सुगर ल्याउने कारोबारीको खोजी कार्य तीव्र बनाएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.