मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर

मकवानपुरको राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका-९ अठारे स्थित भित्रि सडक खण्डमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

बुधवार बिहान करिब ८:१५ बजे खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा १५ च १३३३ नम्बरको बलोरो सडकदेखि अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

प्रहरीका अनुसार  बलेरोमा चालकसहित ९ जना सवार रहेका थिए। जसमध्ये ६ जना अवस्था गम्भीर र ३ जना मध्यम घाइते भएका छन्।  

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा राक्सिराङ गाउँपालिका-९ बस्ने १६ वर्षीय हिमाल बस्नेत, सोही स्थानका ३५ वर्षीय बुद्धिमान् घलान, ७५ वर्षीय डिल बहादुर घलान र उनको श्रीमती फुलमाया घलान , ३८ वर्षीय रुपबहादुर राउत,४८ वर्षीय दिपक खड्का रहेका छन् । 

यस्तै दुर्घटना सोही स्थान बस्ने  ५० वर्षीय सुर्य अधिकारी, १४ वर्षीय कुमार तामाङ र  २८ वर्षीय सुजन तामाङ  सामान्य घाइते भएका  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घाइतेहरूलाई उद्धार गरी उपचारको लागि मनहरी अस्पताल लगिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.