भीरबाट लडेर युवकको मृत्यु
नुवाकोट : नुवाकोटमा ककनीको भीरबाट लडेर एक युवकको मृत्यु भएको छ। ककनी गाउँपालिका–६ झाग्रे खोल्सामा ३२ वर्षीय एचवि लामाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए।
लामाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ लगिएको छ।
प्रतिक्रिया दिनुहोस !