माटोको नमुना लिएर फर्कियो भूगर्भविद्को टोली, भासिएर हराएको गाडी अझै फेला परेन

माटोको नमुना लिएर फर्कियो भूगर्भविद्को टोली, भासिएर हराएको गाडी अझै फेला परेन
सुन्नुहोस्

हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधवार काठमाडौं फर्किएको छ । 

भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । विभागका भूगर्भविद् कृष्ण पाण्डेका अनुसार उक्त क्षेत्र वरपरका जमिन तरलिकृत रहेको बताए । 

जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याइलो रहेको र तल्लो तहको माटोमा बालुवा र पानी मिश्रित रहेको पाइएको उनले बताए । उनले टोलीले ६ मिटर गहिराइसम्मको माटोको नमुना संकलन गरेको छ । संकलन गरिएको माटोको विभागको ल्यावमा परीक्षण पश्चात् उक्त क्षेत्रको भुगर्भिय रिपोर्ट तयार पारिने बताए । 

उनले भने, 'हामिले २ वटा विधिबाट यस क्षेत्रको अध्ययन गरेका छौं । एउटा चुम्बकीय विधि र अर्को जमिनमुनि रड हालेर हेरिरहेका छौं । चुम्बकीय विधिबाट हेर्दा जमिनमुनि करिब ३ दशमलव ४ मिटर तल केही फलामजन्य धातु रहेको जानकारी प्राप्त भएको छ । तर उक्त वस्तु हराएको भनिएको गाडी नै हो वा अरु कुनै उपकरण हो भन्ने एकिन हुन सकेको छैन ।'

टोलिले अपनाएको अर्को विधिबाट पनि हराएको गाडी जमिनको कुन भाग र कति तल छ भन्ने यकिनसमेत हुन सकेको छैन । पाण्डेले भने, 'यस क्षेत्रको जमिनको माटो तरलीकृत छ । सङ्गै ठूलो क्षेत्रमा फैलिएको माछा पोखरीहरू पनि छन् जसले गर्दा यस क्षेत्रमा ’सिंक होल’ को जोखिम बढी देखिएको छ । हामीले विभिन्न स्थानको माटोको नमुना लिएका छौं । चाडै ल्याबमा परीक्षण सक्काएर दोश्रो चरणको अध्ययनको लागि पुनः आउँछौ ।' 

२ दिन घटनास्थलको अध्ययन र माटोको नमुना संकलन गरि विभागको टोली बुधवार काठमाडौं फर्केको छ । टोलीले संकलन गरेका तथ्य र नमुनाको प्रयोगशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिएको छ । 

ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो गाडी गत शुक्रवार जमिनमुखी भासिएको थियो। 

गैरीगाउँ स्थित भित्री कच्ची सडकखण्डमा सडक नजिकै स्थानीय हरि राईले बोरिङको लागि खनेको पानी सहितको खाल्डो नजिक गैरीगाउँबाट चुच्चेखोलातर्फ जाँदै गरेको माछा बोक्ने गाडी अचानक बाटोमा भासिएको थियो ।

उक्त बलेरोका चालक हरि राईले भागेर ज्यान जोगाएका थिए । त्यसलगत्तै उक्त स्थानमा पानी तानेर बाहिर फाल्नको लागि २ वटा मोटर पम्प प्रयोग गरिएको र पानीको सतह घटेको भएता पनि सवारी साधन हालसम्म देखिएको छैन ।  खाल्डोको दायाँ बायाँबाट माटो झरिरहेको कारण खाल्डोको आयतन झन ठूलो हुँदै गएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.