डीपीआर नै संशोधन गरेर जोगाइयो ऐतिहासिक चौतारो

डीपीआर नै संशोधन गरेर जोगाइयो ऐतिहासिक चौतारो
सुन्नुहोस्

नवलपुर : विकासका नाममा विस्थापित हुँदै गएका परम्परागत चौतारामध्ये एक ऐतिहासिक चौतारो गैंडाकोटमा स्थानीयको पहलमा डीपीआर नै संशोधन गराएर जोगाउन सफल भएका छन्। 

नवलपुरको गैंडाकोट नगरपालिका-२ स्थित भृकुटीचोकमा रहेको सो चौतारो पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तारका क्रममा हटाइने तयारीमा थियो। तर स्थानीयवासी र जनप्रतिनिधिको सक्रियतामा डीपीआर परिमार्जन भई चौतारो यथावत् राखिएको हो।

राजमार्ग चौडा बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले स्थानीयको मागलाई मध्यनजर गर्दै प्रारम्भिक डीपीआर परिवर्तन गर्दै नयाँ डिजाइन तयार पारेको छ। उक्त नयाँ डीपीआरमा फोरलेन सडक भन्दा माथि लोकल लेन निर्माण गर्दै चौतारो सुरक्षित राखिने व्यवस्था नारायणगढ बुटवल सडक विस्तार आयोजनाका इन्जिनियर शिव खनालले बताए । 

गैंडाकोट–२ का वडाध्यक्ष प्रकाश सापकोटाले अब चौतारो यथावत् रहने बताए । उनले भने, ‘परम्परागत सम्पदाको संरक्षण गर्नु आवश्यक छ भन्ने मान्यता अनुसार मैले यो चौतारो जोगाउन जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म धाएर डीपीआर परिवर्तन गराउन पहल गरेँ।’ ऐतिहासिक चौतारो संरक्षण गर्नु आफूहरूको कर्तव्य भएकाले  संरक्षणका लागि पहल गरेको उनको भनाइ छ।

निर्माण कम्पनीका इन्जिनियर शिव खनालले पनि चौतारोको संरक्षणमा सकारात्मक पहल गरिएको स्पष्ट पारे। ‘स्थानीयको माग र जनप्रतिनिधिको सिफारिसका आधारमा भएसम्म चौतारालाई पर्याप्त स्थान छोडिएको छ,’ उनले भने, ‘कम्पनीले नै हेभीवाल निर्माणमार्फत चौतारोको संरक्षण गर्ने योजना बनाएको छ।’ इन्जिनियर खनालको भनाइमा कम्पनी स्थानीयको संवेदनशीलताप्रति गम्भीर रहेको देखिन्छ।

स्थानीय गोविन्द सुवेदीले भने, ‘हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेट्न, गाउँबेसी गर्दा भारी बिसाउन र पुण्य कमाउन चौतारा बनाएका थिए। अहिले यस्तो संरचना लोप हुँदै गएकाले हामी यसको संरक्षणमा लागेका हौं।’ सुवेदीले चौताराको सामाजिक र धार्मिक महत्व भएकाले जोगाउन पहल गरेको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.