भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह : आक्रमण बन्द गर्नुहोस्, यसले समाधान निम्त्याउँदैन

भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह : आक्रमण बन्द गर्नुहोस्, यसले समाधान निम्त्याउँदैन
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिका भारत र पाकिस्तानबीच जारी तनावको बारेमा बोल्दै दुवै देशलाई एकअर्कामाथि आक्रमण गर्न बन्द गर्न आग्रह गरेको छ।

विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा युद्धले कुनै पनि समाधान ननिम्त्याउने बताएकी हुन्।

पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने उल्लेख गरेकी थिइन्। उनले भनिन्, 'मध्य पूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन। युद्ध, सेना र हिंसा समाधान होइनन्। नयाँ विचार र कूटनीति नै पुस्तादेखि चल्दै आएको हिंसा र समस्याहरूलाई रोक्ने एक मात्र समाधान हो।'

भारत र पाकिस्तानबीच चलिरहेको युद्धमा अमेरिकी हस्तक्षपको बारेमा सोधिएको प्रश्नमा उनले भनिन्, 'सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेको अवस्थामा हामी यसको जानकारी साझा गर्दैनौं। यो हाम्रो नीति हो।'

उनले नेताहरूले व्यक्तिगत स्तरमा कुरा गरिरहेका र सबै कुराको विवरण मिडियामाझ साझा गर्नु महत्त्वपूर्ण नहुने बताइन्।

यद्यपि ट्यामी ब्रुसले भारत र पाकिस्तान बीच अमेरिकाले मध्यस्तता गर्ने वा नगर्ने कुरा भने उल्लेख गरिनन्। 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसँग फोनमा कुराकानी गरेको पनि बताइन्।

यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरेको उनको भनाइ छ।  बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.