भारतमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको अनुरोध

भारतमा रहेका नेपालीलाई सुरक्षित रहन दूतावासको अनुरोध
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : भारतमा रहेका नेपालीहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासले पहलगाम आक्रमणपछि भएको विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो।

दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर भारत सरकारले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न आग्रह पनि गरेको छ। 'भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन एवं संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुनसक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न अनुरोध छ,' दूतावासले भनेको छ।

भारतमा बस्ने नेपालीहरूलाई आवश्यक सहयोग लागि दूतावासले सम्पर्क नम्बर पनि जारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.