मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
सुन्नुहोस्

नवलपुर : मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोतीमा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कावासोती-११ का ईश्वर दर्लामी र सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरू एकैघरका दाजुभाइ हुन्। 

देवचुलीको मुन्डेबाट फर्कने क्रममा कावासोती १ लोकाहा खोला नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ। अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरी नायब उपरीक्षक नेपालले बताए। 

दुर्घटना पछि गम्भीर अवस्थामा रहेका दुबै जनालाई उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल पठाइए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.