लोपोन्मुख घाटु नाच मेलाको तयारी पूरा
नुवाकोट : नुवाकोटको माझिटारमा घाटु नाच जात्राको तयारी पूरा भएको छ। चण्डीपूर्णिमाको अवसरमा गरिने घाटु नाचको छुट्टै पहिचान र विशेषता रहेको छ।
प्रत्येक वर्ष विदुर नगरपालिका–५ माझिटारस्थित रक्तकाली मन्दिरमा घाटुनाच जात्रा हुने गरेको छ।
रक्तकाली मन्दिरमा प्रत्येक वर्ष चण्डीपूर्णिमाको अवसरमा तीन दिनसम्म भव्य रूपमा घाटु नाच हुने गरेको छ। विगतका वर्षहरूमा झैँ यसवर्ष पनि चण्डी पूर्णिमाका दिन विशेष रूपमा घाटुजात्रा गरिने व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र अर्यालले जानकारी दिए।
यसवर्ष वैशाख २९ गते बेलुका चण्डी पूजा र ३० गते मंगलबार दिउँसो घाटु जात्रा हुने भएकाले तयारी गरिएको उनले बताए। जात्राका लागि विदुर नगरपालिकाको सहयोगमा रक्तकाली मन्दिर परिसरको स्तरोन्नति र साजसज्जा गरिएको छ।
जात्राका लागि आवश्यक घाटु नृत्यको अभ्यास भइरहेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !