अब कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं : प्रचण्ड

अब कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं : प्रचण्ड
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबका निर्वाचनमा अरुका बैशाखी नटेक्ने बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा वाइसीयल नेपालको प्रथम प्रदेश सम्मेलनलाई उद्‍घाटन गर्दै अध्यक्ष प्रचण्डले विगतका निर्वाचनमा कांग्रेस-एमालेले बेइमानी गरेको बताए। 

‘हामी एक्लै लड्दा राम्रो नतिजा ल्याएको उपचुनावबाट देखिएको छ। अब हामी कुनै पनि निर्वाचनमा अरुको बैशाखी टेक्दैनौं। विगतका निर्वाचनमा हामीले कांग्रेस-एमालेसँग गठबन्धन गर्दा इमान्दारिता देखायौं। तर, उनीहरूले बेइमानी गरे,' उनले भने।

माओवादी फेरि बेइमानीको शिकार नबन्ने उनक भनाइ छ। 'अब हामी आफ्नै खुट्टामा उभिएन आफ्नै शक्ति र सामार्थ्यका साथ फेरि देशको नेतृत्व गर्नेछौं,' उनले भने। उनले वर्तमान सरकार कर्णाली र अन्य दलित, महिला र जनजातिको विरुद्धमा रहेको आरोप लगाए। 

उनले भने, ‘हामीले सरकारमा हुँदा कर्णाली, महिला दलित, जनजातिका पक्षमा तय गरेका योजना र कार्यक्रमहरू वर्तमान सरकारले हटाउँदै गएको छ। यो सरकारले आफ्नो नीति तथा कार्यक्रममा कर्णाली र उपेक्षित समुदायको नाम पनि लिन चाहेन। सशस्त्र द्वन्द्वमा कर्णालीका जनताले वीरताको उदाहरण देखाएर प्रहरीको राइफल खोसेर हामीलाई बुझाएका थिए। अब यो देशको विकास र समृद्धिका लागि एकपटक साथ दिनुस्।'
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.