बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा रास्वपा सांसदले प्रभावकारी रुपमा छलफलमा भाग लिने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको बजेट अधिवेशनमा विषयमूखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा आफ्ना पार्टीका सांसदहरूलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञहरूबाट प्रशिक्षित गर्दै रास्वपाले संसदमा विषयमूखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो ।
रास्वपा सांसद डा. स्वर्णीम वाग्लेले बजेट प्राविधिक विषय भएकाले विज्ञहरूबाट अन्तक्रिया प्रशिक्षण गराउने काम भएको जानकारी दिए । पूर्वअर्थसचिव रामेश्वर खनालबाट बजेटका प्राविधिकका साथै लुकेका पाटोका विषयमा सांसदहरूलाई जानकारी गराउने काम भएको वाग्लेले बताए।
वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता,बजेट लगायतका विषयमा रास्वपा सांसदहरूले सदनमा प्रभावकारी रुपमा छलफलमा भाग लिने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस !