अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री

अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैन : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताएका छन्। 

बालुवाटारमा चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको बनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले छ दसकदेखि आवाज उठाउनुपरे पनि अब बन्ने प्रक्रिया अघि बढेको बताए। प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो। 

'त्यसबेला जति अहिले राज्यको ढुकुटीमा पैसा छैन। तैपनि थालेका काम हामी पूरा गर्छौं। यसका लागि बजेट विनियोजना हुन्छ। थालेपछि सफल हुन्छ। यसलाई पनि सफल बनाउनुपर्छ। यो निर्माण आरम्भ उद्‍घोषले यस क्षेत्रमा युग परिवर्तन सुरु भएको छ,' प्रधानमन्त्री ओलील भने। 

ओरालो लागेको अर्थतन्त्रलाई आफूले लयमा ल्याएको बताउँदै प्रधानमन्त्री ओलीले अर्थतन्त्रको गाडी अब त्रिशूलीमा नखस्ने बताए। बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमाउनले सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका थिए। प्रधानमन्त्री ओलीले हप्ता-१० दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिए। 

कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरू राजनीतिलाई यथार्थमा बदल्ने साधनका रूपमा लिएर काम गरिरहेको उनले स्पष्ट पारे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.