रञ्जिताको सिफारिसमा सुदूरपश्चिममा कैलाश चौधरी मन्त्री बन्दै

रञ्जिताको सिफारिसमा सुदूरपश्चिममा कैलाश चौधरी मन्त्री बन्दै
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्।

मंगलबार बसेको संसदीय दलको बैठकले निर्णय गर्न नसकेपछि पार्टी अध्यक्षसँग सिफारिस माग्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार अध्यक्ष श्रेष्ठले कैलाशलाई मन्त्रीमा सिफारिस गरेको उनका स्वकीय सचिव भक्त चलाउनेले बताए।

कैलाश रन्जिता पक्षका हुन्। यसअघि पनि उनी दुई पटक मन्त्री बनिसकेका छन्। यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए।

यता, पार्टी संरक्षक रेशम चौधरी पक्षले भने मन्त्री भइनसकेकाले मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन्। 'एउटै मान्छेलाई पटक-पटक मन्त्री बनाउने पक्षमा हामी छैनौं। नभएका साथीलाई मन्त्रालयमा पठाउनुपर्छ। त्यसै पनि त्यो अधिकार पार्टी अध्यक्षभन्दा संसदीय दलको नेतालाई हुन्छ। अब संसदीय दलको नेताले के गर्नुहुन्छ, त्यो थाहा छैन,' रेशम पक्षका एक नेताले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.