रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो,आजै आदेश
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले दायर गरेको रिटमाथि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकिएको छ। न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा मिश्रले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको हो। रिटमाथिको सुनुवाइ सकिएकाले आजै आदेश आउने संभावना छ।
मंगलबार मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन्। गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए। उनीमाथि
उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन्। दुवैजना हाजिर जमानीमा रिहा भएका हुन्। राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिँदा एक पत्रकारसहित दुईजनाको ज्यान गएको थियो भने भौतिक संरचनामा ठूलो क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस !