अन्नपूर्णकर्मी महतको बागमती घाटमा अन्त्येष्टि
रौतहट : रौतहटका वरिष्ठ पत्रकार एवं अन्नपूर्ण पोस्ट्कर्मी फणिदेव महतको अन्त्येष्टि गरिएको छ। रौतहटको बागमाती घाटमा उनको अन्त्येष्टि गरिएको हो।
उनको काठमाडौंस्थित अन्नपूर्ण न्युरोमा उपचारका क्रममा मंगलबार राति निधन भएको थियो। उनी लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए।
महतले दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी अन्नपूर्ण पोस्ट्को रौतहट संवाददाता थिए भने चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका 'कलमपाटी डटकम'का सञ्चालकसमेत थिए।
पत्रकार महतले प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए। उनका २ सन्तान छन्। महतको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक निडर र सक्षम पत्रकार गुमाएको उनका सहकर्मीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस !