खेतबाटै १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद

खेतबाटै १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

वीरगन्ज : पर्साको ग्रामीण भेगबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार राजश्व छलेर ल्याइएको ठूलो परिमाणमा गहुँ र चामलको कनिका बरामद गरेको छ । बिन्दवाासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टी नाकास्थित खेतमा भण्डारण गरेर राखिएको १०६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको हो । 

१०६ बोरामा रहेको ५३ क्वीन्टल गहुँ  र २८ बोरामा रहेको ११ क्वीन्टल ६४ केजी चामलको कनिका बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार,तस्करहरूले भारतबाट भन्सार राजश्व छलेर ल्याएको गहुँ र चामलको कनिकाको बोरा घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बुधबार दिउँसो सशस्त्र प्रहरीले बरामद गरेको हो ।

वीरगन्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्सा र सीमा सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलिले उक्त गहुँ र चामलको कनिका बरामद गरेको सिंहले बताए । बरामद गहुँ र चामलको कनिकाको बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ मूल्यांकन गरेर आवश्यक कारबाहीका लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.