अन्नपूर्णको दोस्रो र तेस्रो पाक्षिक विजेता घोषित
काठमाडौं : एक्सक्लुसीभ अटोमोटिप्स् र बुढानिलकण्ठ क्षेत्र विकास समिति अन्नपूर्ण मिडिया नेटवर्कले देशभर सञ्चालन गरिरहेको हात खाली नजाने ‘जसले पढ्छ, अवश्य पर्छ’ वार्षिक ग्राहक योजनाको दोस्रो र तेस्रो पाक्षिक विजेता बनेका छन्।
अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेर्डक्वार्टरमा आयोजित एक समारोहबीच बुधबार गरिएको लक्की ड्रबाट रसिद न. १२८९/८१ रहेको एक्सक्लुसीभ अटोमोटिप्स् धुम्बाराही र रसिद .न. १७५८/८१ रहेको बुढानिलकण्ठ क्षेत्र विकास समिति विजेता बनेका हुन्।
अन्नपूर्ण मिडिया नेटवर्क सिनियर मार्केटिङ म्यानेजर प्रमिला रजकले पाक्षिक लक्की ड्र गरेकी थिइन्। विजेताले डिसहोम इन्टरनेटबाट एक वर्षको फुल १ सय एमबिपीएस्को इन्टरनेट प्याकेज पाउनेछन्।
अन्नपूर्ण पोस्ट् र द अन्नपूर्ण एक्सप्रेसको ग्राहक नवीकरण गर्ने र नयाँ वार्षिक ग्राहक बन्ने पाठकले ग्राहक बन्ना साथ हातहातै उपहारै उपहार पाउनेछन्। वार्षिक ग्राहक शुल्क अन्नपूर्ण पोस्टको तीन हजार चार सय रुपैयाँ र द अन्नपूर्ण एक्सप्रेसको पनि तीन हजार चार सय रुपैयाँ रहेको छ।
वार्षिक ग्राहक बन्नेले हातहातै वन्र्डरल्याण्डको १५ सय रुपैयाँको भौचर(जहां रोमाञ्चित खेलको मज्जा लिन सकिनेछ), साथै आईएनआई सिनेमाको मुभि भौचर पाउनेछन्। यो नलिए उनीहरुले छनोट पनि गर्न पाउँछन्। जसमा नगद ५ सयदेखि ३४ सयसम्मको नगद छुटको स्क्रयाच कार्ड साथसाथै आईएनआई सिनेमाको मुभि भौचर र अन्नपूर्ण केबलकारको टिकट पाउनेछ।
त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता लक्की ड्रबाट ओपोको मोबाइल फोनसहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन्। पाक्षिक उपहारमा डिसहोम इन्टरनेटबाट एक वर्षको फुल १ सय एमबिपीएस्को इन्टरनेट प्याकेज, मासिक पुरस्कारमा वासिङ मेसिन सहित ट्याङकुलिटी स्पाको ५ हजारको भौचर पाउनेछन् । यो वार्षिक ग्राहक योजना देशभर लागू भएको छ। यो ४ महिनासम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया दिनुहोस !