हुलाकमा पनि भ्रष्टाचार

हुलाकमा पनि भ्रष्टाचार
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानूसमेत ६ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ। उनीहरूले हुलाक बचत बैंकमा जम्मा भएको ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ अपचलन गरेका हुन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले निमित्त कार्यालय प्रमुखसमेत भएका नासु बलीराम प्रसाद कुर्मीले २०६० सालदेखि नै बचत बैंकको जिम्मा लिँदै आएको, बचतकर्ताको बचत रकम कुनै अभिलेख नराखी आफूखुसी अपचलन गरेको भनि उजूरी परेपछि अनुसन्धान गरेको थियो। जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा उजुरी परी अनुसन्धान भई बारा जिल्ला अदालतमा ठगी मुद्दा दायर भई नासु कुर्मी हाल पुर्पक्षका लागि थुनामा रहेका छन्। नासु बलीराम प्रसाद कुर्मी भन्ने बलीराम प्रसाद जिल्ला हुलाक कार्यालय, बारामा बचत बैंक हेर्ने फाँटवालको जिम्मेवारी हुँदै निमित्त कार्यालय प्रमुखको जिम्मेवारीमा समेत रहेका थिए।

अनुसन्धानमा उनले हुलाक बचत बैंकमा जनताको निक्षेप रकम संकलन गरी सो विवरण बचतकर्ताहरूको पासबुक तथा लेजर बुकमा मात्र जनाई, कार्यालयको दैनिक नगदी रजिष्ट्ररमा नजनाएको पाइएको छ। उनले बचतकर्ताले जम्मा गरेको रकम बैंक दाखिला नगरेको, केन्द्रीय कार्यालयमा जानकारी नगराएको पाइएको छ।

बचत बैंक नियमावली, हुलाक सेवा कार्यविधि निर्देशिका, हुलाक बचत बैंक कार्य सञ्चालन निर्देशिकाले निर्देश गरेको कार्यविधि एवं जिम्मेवारी समेतको पालना नगरी तत्कालीन कार्यालय प्रमुखहरूसँग मिलेमतो गरी बचतकर्ताहरूको बचत गर्नुपर्ने रकम अपचलन गरी आपसमा बाँडफाँड गरेको अनुसन्धान पाइएको आरोप पत्रमा उल्लेख छ। नासु कुर्मीले कार्यालय प्रमुखसँग मिलोमतोमा बचतकर्ताहरूबाट उठेको बचत रकम साँवा ब्याज गरी ५ करोड ३५ लाख ६४ हजार २७९ लिने खाने गरी बदनियतपूर्वक ढंगले आफू समेतलाई लाभ हुने गरी सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारका प्रवक्ता एवं सहसचिव राजेन्द्रकुमार पौडेलले जानकारी दिए। नासु कुर्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार बिगो बमोजिम कैद र जरीवाना गरी उल्लिखित बिगो असुल उपर हुन मागदावी लिइएको छ।

बाराका तत्कालीन कार्यालय प्रमुखहरू जयलालप्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले हुलाक बचत बैंकको समेत कार्यालय प्रमुखको जिम्मेवारीमा रहँदा बचतकर्ताहरूबाट संकलन भएको रकमलाई दैनिक नगदी रजिष्ट्ररमा नजनाएको अनुसन्धान देखिएको छ। 

उनीहरूले त्योको अभिलेख राखे नराखेको नहेरी, कार्यालयमा प्रविष्टि गरे नगरेको चेकजाँच नगरी, कार्यालयमा अभिलेख नराखी, बैंक दाखिला भए नभएको समेत जाचँबुझ÷चेकजाँच नगरी÷नगराई, बचत रकमको प्रमाणिकरण नगरी नगराई, केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई फाटँवाला बलीराम प्रसादको मिलेमतोमा बचतकर्ताहरूको बचत हुनुपर्ने रकम आपसमा बाँडफाँड खाएको देखिएको आरोप पत्रमा छ। 

उनीहरूले पनि बचतकर्ताहरूबाट उठेको बचत रकम साँवा ब्याँज गरी कूल ५ करोड ३५ लाख ६४ हजार २७९ दुरुपयोग गरी मासेको अनुसन्धानमा देखिएको छ। उनीहरूविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन बमोजिम ५ करोड ३५ लाख ६४ हजार २७९ विगो कायम गरिएको छ। उनीहरूलाई बिगो बमोजिम कैद र जरीवाना गरी उल्लिखित बिगो असुल उपर हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.