झापाको हल्दिवारीमा हावाहुरीले घर भत्काउँदा एकजनाको मृत्यु

झापाको हल्दिवारीमा हावाहुरीले घर भत्काउँदा एकजनाको मृत्यु
सुन्नुहोस्

झापा : हावाहुरीले घर भत्काउँदा झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–५ त्रिवेणीचोक निवासी ६५ वर्षीय मानबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

हावाहुरीले गएराति अन्दाजी ११:५० बजे आएको टिनको छाना भएको टाँडे घर  भत्काएको थियो। घरभित्र सुतिरहेको अवस्थामा विमले थिचेर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा जानकारी पाउनसाथ राति साढे १२ बजे अस्थायी प्रहरी चौकी कन्चनश्रीको टोली घटनास्थल पुगेका थिए। 

घटनाको बारेमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.