बेलकोटगढीमा सामुदायिक कुकुरहरूको स्थायी बन्ध्याकरण
नुवाकोट : नुवाकोटको बेलकोटगढीमा कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको छ। बेलकोटगढी नगरपालिकाको सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रमअन्तर्गत सो कार्यक्रमको सुरुवात गरिएको हो।
पहिलो चरणमा बेलकोटगढी नगरपालिका–१० वेलकोटबाट कुकुरको बन्ध्याकरणको सुरुवात गरिएको छ।
कुकुरको बन्ध्याकरणले सामुदायिक कुकुरहरूको व्यवस्थापनमा मद्दत पुग्ने पशु चिकित्सक अन्जु शर्मा चापागाईँले बताइन्।
बेलकोटगढी नगरपालिका मेयर जगतबहादुर गुरुङले सर्वसाधारणको सुविधाका लागि यो कार्यक्रमलाई निरन्तरता दिइने बताए।
प्रतिक्रिया दिनुहोस !