रैनादेवी छहरा गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिकालाई पूर्णखोप दिगोपन सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ। पूर्णखोप दिगोपन सुनिश्चितता पालिका घोषणा हुनका लागि पालिकामा जन्मिएका १५ महिना मुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगहरुको खोप अनिवार्य रुपमा लगाएको हुनुपर्दछ। रैनादेवी छहरा गाउँपालिकाका १५ महिना मुनिका सबै बालबालिकाले १३ वटा सरुवा रोगहरुको खोप पाएपछि पालिकालाई पूर्णखोप दिगोपन सुनिश्चितता घोषणा गरिएको छ।
सरकारले बालबालिकाको लागि क्षयरोग, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाइटिस वि, हेमोफिलस, इन्फुल्जा बी, पोलियो, जादुरा, रुवेला, न्यूनोमिया, मेनिन्जाईटिस, जापानिज इन्सेफलाईटिस, रोटा भाइरस तथा गर्भवती महिलाको लागि टि.डि. खोप निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ।
घोषणा कार्यक्रममा पूर्ण खोपको विषयमा प्रतिवेदन प्रस्तुत गर्दै पालिका स्वास्थ्य शाखा प्रमुख जिवन बहादुर रानाले कोही पनि खोप कार्यक्रमबाट नछुटेको सुनिश्चित भएपछि पूर्णखोपयुक्त पालिका घोषणा गरिएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !