केन्द्रीय कारागार नुवाकोटका कैदीबन्दीको स्वास्थ्य परीक्षण
नुवाकोट : बिदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार नुवाकोटमा रहेका कैदीबन्दीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। आयुर्वेद उपचार प्रणालीमार्फत कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको हो।
केन्द्रीय कारागार नुवाकोटको आयोजना र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको प्राविधिक सहयोगमा कैदीबन्दीहरुको पाईल्स, फिस्टुला र फिसर सम्बन्धी समस्याहरूको स्वास्थ्य परीक्षण गरिएको छ। केन्द्रीय कारागारमा रहेका पुरुष कैदीबन्दीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको कार्यालय प्रमुख डा. नरेन्द्रप्रसाद गिरीले जानकारी दिए।
उनले ६५ जना पुरुष कैदीबन्दीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको बताए।
प्रतिक्रिया दिनुहोस !