गभर्नर नियुक्तिमा चलखेल भइरहेको छ : प्रचण्ड

गभर्नर नियुक्तिमा चलखेल भइरहेको छ : प्रचण्ड
सुन्नुहोस्

बैतडी : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा अनेक चलखेल र प्रपञ्च भइरहेको आरोप लगाएका छन्। 

शुक्रबार बैतडीको पाटनबाट माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी जनजागरण अभियानको शुभारम्भ गर्दै उनले सरकारले गभर्नर नियुक्तिमा चलखेल गरिरहेको आरोप लगाएका हुन्। 

अध्यक्ष प्रचण्डले राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त गर्नुपर्ने भएपनि ढिलाइ भइरहेको बताए।  

उनले भने,‘गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने हो। तर अहिलेसम्म गरिएको छैन। त्यसमा अनेक खालका चलखेल र प्रपञ्च भइरहेका छन्। सरकार गलत दिशातर्फ गइरहेको छ। हालको सरकार राष्ट्र र जनताको हितविपरित गइरहेको छ।’

अध्यक्ष प्रचण्डले सरकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने काम गरेको र राम्रा मान्छेहरूलाई अपनान र लाञ्छित गरिरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.