प्रधानमन्त्री ओली र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्दर यादवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुलाटारमा भएको भेटमा मन्त्री यादवले सगरमाथा संवाद कार्यक्रममा आमन्त्रण गरेकामा धन्यवाद दिएका थिए।

उनले सगरमाथा विश्वकै छानो भएकाले यसको सुरक्षामा सबैको ध्यान जानुपर्ने बताए। प्रधानमन्त्री ओलीले संवाद कार्यक्रममा सहभागिता र उद्‍घाटन समारोहमा सन्देशयुक्त मन्तव्यका लागि मन्त्री यादवलाई धन्यवाद दिएका थिए। 

उनले हिमालहरूको रक्षा, डढाइएका छ्वालीको धुवाँबाट वातावरणीय असरका विषयमा नेपाल, भारत, बंगलादेशलगायत मुलुक मिलेर क्षेत्रीय खालका यस्ता सम्मेलन आयोजना गर्न प्रस्ताव गरेका थिए।

भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल पनि सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.