स्याङ्जाको बेरुजु १६ करोडभन्दा बढी
स्याङ्जा : स्याङ्जा जिल्लाको बेरुजु १६ करोड रुपैयाँँभन्दा बढी औंल्याइएको छ । लेखापरीक्षण गरिएको रकमको अंकका आधारमा स्याङ्जामा एक प्रतिशत रकम बेरुजु देखिएको छ ।
महालेखा परीक्षाको कार्यालयद्वारा बुधबार सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदनमा स्याङ्जाका स्थानीय सरकारका बेरुजु औंल्याएको हो । आर्थिक वर्ष २०८०/८१ मा यहाँका ११ स्थानीय पालिकाको बेरुजु १६ करोड २० लाख ७ हजार छ । एघारवटै पालिकाको एकमुष्ट रकम १६ अर्ब २० करोड १३ लाख ३० हजारको लेखापरीक्षण गर्दा सो रकम बेरुजु देखिएको हो । समग्रमा यो एक प्रतिशत हो ।
पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा प्रतिवेदन अनुरूप प्रतिशतका आधारमा सबैभन्दा बढी हरिनास गाउँपालिकाको र सबैभन्दा कम बिरुवा गाउँपालिकाकोे छ । हरिनासको ४ दशमलव ६३ प्रतिशत छ भने बिरुवाकोे शून्य दशमलव १२ प्रतिशत छ ।
प्रतिशत बेरुजु छ ।
आँधीखोला गाउँपालिकाको शून्य दशमलव ७८ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकाको शून्य दशमलव ३७ प्रतिशत, फेदीखोला गाउँपालिकाको शून्य दशमलव ३४ प्रतिशत, कालीगण्डकी गाउँपालिकाको शून्य दशमलव २४ प्रतिशत र बिरुवा गाउँपालिकाको शून्य दशमलव १२ प्रतिशत बेरुजु रहेको छ ।
नगरपालिकातर्फ क्रमश : चापाकोट नगरपालिकाको १ अर्ब ५२ करोड ४२ लाख ९८ हजारको लेखापरीक्षण गर्दा ३ करोड ११ लाख ४२ हजार बेरुजु देखिएको छ । वालिङ नगरपालिकाको २ अर्ब २८ करोड ७६ लाख ७७ हजारको परीक्षणमा २ करोड ३० लाख ३० हजार बेरुजु छ ।
भीरकोट नगरपालिकाको १ अर्ब ५६ करोड ४६ लाख ७ हजारको परीक्षणमा १ करोड २४ लाख ८८ हजार बेरुजु देखिएको छ । गल्याङ नगरपालिकाको १ अर्ब ७९ करोड ५३ लाख ४४ हजारको परीक्षणमा १ करोड १८ लाख २१ हजार बेरुजु छ । र, पुतलीबजार नगरपालिकाको २ अर्ब ३९ करोड ४७ लाख ८२ हजारको परीक्षणमा १ करोड ४५ लाख ३३ हजार बेरुजु छ ।
यस्तै, गाउँपालिकातर्फ क्रमश : हरिनास गाउँपालिकाको १ अर्ब ३ करोड ८५ हजार ९८ लाख रुपैयाँको लेखापरीक्षण गर्दा ४ करोड ८१ लाख १२ हजार बेरुजु छ । आँधीखोला गाउँपालिकामा १ अर्ब २१ करोड ८१ लाख ७९ हजारको परीक्षणमा ९४ लाख ८० हजार बेरुजु छ । अर्जुनचौपारी गाउँपालिकामा ९९ करोड ३५ लाख २० हजारको परीक्षण गर्दा ३६ लाख ५५ लाख बेरुजु छ । फेदीखोला गाउँपालिकामा ९३ करोड १५ लाख ९४ हजारको परीक्षणमा ३१ लाख ६७ हजार बेरुजु छ । बिरुवा गाउँपालिकामा १ अर्ब १३ करोड ७० लाखको परीक्षण गर्दा १३ लाख ८३ हजार बेरुजु छ ।
यसैगरी, अघिल्लो आर्थिक वर्षको भन्दा गल्याङ र भिरकोट नगरपालिकाको र बिरुवा गाउँपालिकाको प्रतिशतका आधारमा बेरुजु रकम घटेको छ भने अन्य पालिकाको बढेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !