उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
सुन्नुहोस्

काठमाडौं : विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिले शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा उपसमिति संयोजक छबिलाल विश्वकर्माले समिति सभापति अम्बर बहादुर थापालाई उपसमितिको प्रतिवेदन हस्तान्तरण गरेका हुन्। 

उपसमिति संयोजक विश्वकर्माले विद्यालय शिक्षा विधेयकको विभिन्न १५ वटा परिच्छेद र १६३ वटा दफामाथि छलफल गरेर १०८ बुँदाको प्रतिवेदन तयार गरेको जानकारी दिए। १०१ दफामा परिमार्जन गरिएको,१३ वटा नयाँ दफा थप गरिएको,४ वटा दफालाई हटाइएको र ६२ वटा दफालाई सरकारले प्रस्ताव गरेकै स्वरुपमा टुङ्गोमा पुराइएको उनले बताए । 

उनले दफावार छलफलका क्रममा उपसमितिमा नीजि लगानीका विद्यालयहरूको नियमन र निश्चित समय तोकि गुठीमा रुपान्तरित हुने व्यवस्था लगायतका सन्दर्भ,प्रारम्भिक बाल विकास शिक्षालाई विद्यालय शिक्षाको अंग मान्ने र यसलाई दुई वर्षको बनाउने,हाल कार्यरत बाल सहजकर्तालाई एकपटक प्रतिष्पर्धा गर्न उमेर हद नलाग्ने विषयमा छलफल भएको जानकारी दिए । तर, नीजि लगानीका विद्यालय र प्रारम्भिक बाल विकाससँग सम्बन्धित विषयमा कुनै निष्कर्षमा पुग्न नसकिएको उनको भनाइ छ ।

उपसमितिले चैत्र १८ गतेदेखि कार्यप्रारम्भ गरि बैशाख २१ गतेसम्म ३९ वटा बैठक बसेको थियो । निर्धारित समयमा काम नसकिएपछि समितिले उपसमितिलाई थप १० दिनको समय दिएको थियो । थप भएको समयमा उपसमितिको ४६ वटा बैठक बसेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.