आफ्नै रेकर्ड तोड्दै पूर्णिमा श्रेष्ठ, पाँचौं पटक पुगिन् सगरमाथा शिखरमा

आफ्नै रेकर्ड तोड्दै  पूर्णिमा श्रेष्ठ, पाँचौं पटक पुगिन् सगरमाथा शिखरमा
सुन्नुहोस्

गोरखा : गोरखाकी पूर्णिमा श्रेष्ठ पाँचौँ पटक सगरमाथा शिखर चुम्न सफल भएकी छिन् । आइतबार बिहान ३:३७ बजे पाँचौ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् । चौथो शिविरबाट शनिबार साँझ सातबजे प्रस्थान गरेकी उनले बिहान ३:३७ बजे शिखरमा पाइला टेकेकी आरोहण व्यवस्थापन गरेको कम्पनी सतोरी एड्भेञ्चर प्रालिले जनाएको छ । 

नेवार समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने उनै कहलाएकी सो कम्पनीका ऋषि भण्डारीले जानकारी दिए । उनी अहिले दोस्रो आधार शिविरतिर फर्किदै गरेको उनले बताए । यसअघि गतवर्ष यही सिजनमा १२ मे, १९ मे र २५ मेमा उनले दुई हप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् । 

त्यसअघि उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् । आठ हजार मिटरभन्दा अग्लो १४ वटा हिमाल आरोहण गरिसकेकी उनले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरेर विभिन्न शीर्षकका किर्तिमान कायम गरिसकेकी छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.