अन्ततः नाउपा सांसद रामेश्वर चौधरी बने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

अन्ततः नाउपा सांसद रामेश्वर चौधरी बने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
सुन्नुहोस्

काठमाडौं : अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका सांसद रामेश्वर चौधरी मन्त्रीमा नियुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आइतबार रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। उनले आजै सपथग्रहण पनि गरेका छन्। प्रदेश प्रमुख मियाँले चौधरीलाई सपथ खुवाएका हुन्। 

सात जना सांसद रहेको नाउपामा कसलाई मन्त्री बनाउने विषयमा विवाद हुँदै आएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना पक्षका कैलाश चौधरीलाई मन्त्री बनाउन निर्देशन दिए पनि संसदीय दलका नेता घनश्याम चौधरीले त्यो निर्देशनको पालना गरेनन्।

कैलाशबाहेक मन्त्रीका लागि घनश्यामलाई नै प्रस्ताव गरिए पनि उनी मन्त्री बन्न राजी भएनन्। संसदीय दलका नेता चौधरीले वैशाख ३१ गते नै रामेश्वर चौधरीलाई मन्त्री बनाउन सिफारिस गरिसकेका थिए। तर, पार्टीका सांसद खुसीराम डंगौराले मुख्यमन्त्री कार्यालयमा पत्र पठाएर उक्त निर्णयप्रति आपत्ति जनाएका थिए। उनले अवैधानिक निर्णय गर्ने संसदीय दलका नेता घनश्यामविरुद्ध छानबिन गर्न माग पनि गरेका थिए।

पार्टी नेतृत्वको पहलपछि आइतबार रामेश्वरलाई मन्त्रीमा नियुक्ति लागि बाटो खुलेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.