लुक्ला उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण

लुक्ला उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण
सुन्नुहोस्

काठमाडौं :  काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु क्षेत्रमा पुगेपछि विमानमा प्राविधिक समस्या देखिएपछि विमानचालकले विमानलाई काठमाडौं फर्काउने निर्णय लिएका थिए । बिहान ७ बजेर २४ मिनेटमा विमान आकस्मिक अवतरण भएको हो ।

विमानको इञ्जिनमा समस्या देखिएको र अहिले प्राविधिक टोलीले मर्मत गरिरहेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना सवार यात्रु थिए । यात्रुहरू सबै सुरक्षित रहेको पनि विमानस्थल कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.