सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ
काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन्।
सोमबार एक कार्यक्रमकाबीच मन्त्री यादवले सिंहदरबारभित्र मेलम्चीको शुद्ध, सुरक्षित खानेपानी वितरण कार्यको शुभारम्भ गरेका हुन्। मेलम्चीको पानी अब सिंहदरवारभित्रका सबै मन्त्रालय र कार्यालयहरूमा वितरण गरिने उनले बताए।
'आजबाट सिंहदरबारमा विधिवत रूपमा मेलम्चीको पानी आएको छ। यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो। अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ,' उनले भने। त्यसैगरी मन्त्री यादवले मेलम्चीको पानी वितरण सुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको जार र बोतलको पानी विस्थापित गरिने बताए।
उनले भने, 'सिंहदरबारमा मेलम्ची खानेपानी वितरण कार्यको विधिवत रूपमा शुभारम्भ गरेको छु। अब जार र बोतलको पानी विस्थापित हुन्छ।' सिंहदरबारभित्र रहेका सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी पुर्याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !