नेपालको विश्वकप यात्रा : टेस्ट राष्ट्र सम्मिलित ग्लोबल क्वालिफायरमा कस्ता छन् टोलीहरू?

नेपालको विश्वकप यात्रा : टेस्ट राष्ट्र सम्मिलित ग्लोबल क्वालिफायरमा कस्ता छन् टोलीहरू?
सुन्नुहोस्

काठमाडौं : नेपाली महिला क्रिकेट टिम पहिलो पटक आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको छ। नेपाली महिला टिमका लागि यो निकै महत्त्वपूर्ण पल हो। पछिल्ला केही वर्षयता आलोचनाको सामना गरिरहेको महिला क्रिकेट टिमले केही आशलाग्दो उपलब्धि हासिल गरेको छ।

कप्तान इन्दु बर्माले सोमबार युएईविरुद्ध ऐतिहासिक इनिङ खेलपछि नेपाल टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्न सफल भएको हो। ‘यो हाम्रो लागि ऐतिहासिक पल हो। नेपाली महिला क्रिकेटमा सबैले पुर्‍याउनुभएको योगदानको फल हो,’ जितपछि उनले भनिन्। 

१७ वर्षमा पहिलो पटक ग्लोबल क्वालिफायर पुगेको नेपालले अब विश्वकपको सपना पूरा गर्न अझ एउटा प्रतियोगितामा आफूलाई अब्बल देखाउनुपर्ने हुन्छ। एसियन क्षेत्र छनोट पार गरेको नेपाल र थाइल्यान्डले अब ग्लोबल क्वालिफायरमा १० टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। ग्लोबल क्वालिफायरका शीर्ष ४ टलीले ०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने आइसीसी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन्।

ग्लोबल क्वालिफायरमा कस्ता टोली हुन्छन्?
नेपाली महिला टिमले ग्लोबल क्वालिफायरमा स्थान बनाएपछि धेरैको चासो त्यसतर्फ तानिएको छ। आइसीसीा अनुसार ग्लोबल क्वालिफायरमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन्।  दुई समूहमा विभाजन गरी ५/५ वटा टोलीले समूह चरणको खेल खेल्नेछन्।

जसमा विभिन्न क्षेत्रबाट छनोट भएर आएका १० टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्। १० टोलीमध्ये ५ टोलीको टुंगो लागिसकेको छ। गत २०२४ को विश्वकप खेलेर पुछारमा रहेका बंगलादेश र स्कटल्यान्डले ग्लोबल क्वालिफायर खेल्दैछन्। त्यस्तै अमेरिकन क्वालिफायरबाट संयुक्त राज्य अमेरिका र एसिया क्षेत्रबाट नेपाल र थाइल्यान्ड छनोट भएका छन्। युरोप, अफ्रिका र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट छनोट हुने टिमको टुंगो लाग्न बाँकी छ। त्यसमा एसोसियट राष्ट्रहरू बढी छन्। तीमध्ये जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड, नामिबिया, युगान्डा, पपुवा न्युगिनीजस्ता टोलीहरू ग्लोबल क्वालिफायरमा छनोटका लागि दाबेबार मानिएका छन्। नेालले ग्लोब क्वालिफायरन यिनै टोलीहरूसँग प्रतस्पर्धा गर्नुपर्ने हुनसक्छ। 

जो विश्वकपमा छनोट भइसकेका छन् 
आइसीसी महिला टी-२० विश्वकप २०२६ का लागि हालसम्म ८ वटा टिमको टुंगो लागिसकेको छ। जसमा इंग्यान्ड, अष्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, पाकिस्तान र श्रीलंका छन्। कूल १२ टोली सहभाग हुने विश्वकपमा चार टिमको टुंगो लाग्न बाँकी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.