अस्थिरतामा रमाउने संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ : महासचिव पोखरेल

अस्थिरतामा रमाउने संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ : महासचिव पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अस्थिरतामा रमाउने संस्कृति दुःखद भएको बताएका छन्। बुधबार बिहान दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले नेपालका राजनीतिक दल, सञ्चार क्षेत्र र नागरिक समाज मुलुकको विकास, समृद्धि र स्थायित्वको प्रश्नमा गम्भीर नभएको बताएका हुन्। 

‘हरेक दिन जसो यो सरकार ढल्छ भन्ने हल्ला फैलाउने काम गरिएको छ। जसले जे उद्देश्यका हल्ला चलायो त्यसैका पछाडि बहकिने क्रम बढ्दै गएको छ।’ उनले भने, ‘अस्थिरतामा रमाउने जुन संस्कृति हुर्किएको छ, त्यो अत्यन्त दुःखद छ।’

दुईवटा पार्टीका बीचमा समझदारी हुँदासम्म सरकार परिवर्तन नहुने उनको भनाई छ। ‘जबसम्म दुईवटा पार्टी बीच समझदारी हुन्छ, तबसम्म यो सरकार टिकी रहन्छ भन्ने कुरा त निश्चित नै छ त, दुईवटा पार्टीका बिचमा असमझदारी उत्पन्न भयो भने हल्ला गर्नै पर्दैन,  दुईवटा पार्टीका बिचमा समझदारी हुँदासम्म सरकार परिवर्तन हुँदैन भन्ने कुरा पनि नबुझीकन सरकार परिवर्तनको हल्ला चलाउने खेतीपाती गर्ने काम भइराखेको छ, त्यसको उद्देश्य नेपाल राष्ट्रलाई कहिल्यै बलियो हुन नदिने स्वार्थी तत्त्वको प्रभावमा नेपाली समाज परिरहेको छ’, उनले भने। 

अहिलेको सरकारले राजनीतिक स्थायित्वको आधार तयार गरेको बताउँदै २०८४ को निर्वाचनसम्म अहिलेको गठबन्धन जाने उनको भनाई छ। उनले जति अस्थिरताका कुरा हुन्छन् त्यति नै सुशासन कमजोर हुने र विकासका कम अवरुद्ध हुने धारणा राखे। राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर सरकार ढल्छ भनि चलाइएको हल्ला गभर्नर नियुक्तिसँगै केही दिनको लागि शान्त हुने उनको भनाई छ। फेरि एक/दुई दिन पछि नयाँ विषय निकालेर सरकार ढल्ने हल्ला चलाइने उनले स्पष्ट पारे। 

सत्तामा साझेदारी र भागेदारी टुटेपछि माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता साना पार्टीहरू एमाले र एमाले नेतृत्व विरुद्ध संगठित रूपमा आक्रमणमा जुटेका पोखरेलको दाबी छ। आफ्नै कर्मको परिणाम स्वरूप रास्वपा सभापति हिरासतमा पुगेपछि एमाले विरुद्ध खनिएका उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.