सुन, चाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो?
काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ७०० ले वृद्धि भएको छ। त्यस्तै चाँदी पनि मूल्य तोलामा ३५ रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ५०० मा कारोबार भइरहेको छ। त्यस्तै चाँदी प्रतितोला दुई हजार २५ मा कारोबार भइरहेको छ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो। बुधबारदेखि सुनको मूल्य नेपालमा निरन्तर बढेको छ।
प्रतिक्रिया दिनुहोस !