शीर्षस्थानमा रहेको गुजरात लखनउसँग पराजित

शीर्षस्थानमा रहेको गुजरात लखनउसँग पराजित
सुन्नुहोस्

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सलाई लखनउ सुपर जाइन्ट्सले हराएको छ। गुजरात, प्लेअफ होडबाट बाहिरिसकेको लखनउसँग ३३ रनले पराजित भएको हो।

अमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा २ विकेट मात्रै गुमाउँदै २३५ रन बनाएको थियो।

लखनउले दिएको २३६ रनको विजयी लक्ष्य पछाएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा २०२ रन मात्रै बनायो।

गुजरातका लागि शाहरूख खानले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले उनले २९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।ओपनरद्वय साइ सुदर्शन र कप्तान सुमन गिलले क्रमश: २१ र ३५ रन बनाए।
जोश बटलरले ३३ सेर्फन राउत्फोडले ३८ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्।

लखनउको लागि बलिङतर्फ विल ओ' रोउकेले सर्वाधिक ३ विकेट लिए । आवेश खान र आयुष बढोनीले २-२ विकेट लिए। सहबाज अहमद र आकाश सिंहले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको लखनउका लागि ओपनर ब्याटर मिचेल मार्सले ११७ रनको शतकीय पारी खेले। उनले ६४ बलमा १० चौका र आठ छक्का प्रहार गरे। अर्का ओपनरबाट आइडन मक्रमले ३६ रन बनाए। निक्लोज पुरण र कप्तान ऋषभ पन्त क्रमश: ५६ र १६ रनमा अविजित रहे।

गुजरातका लागि बलिङतर्फ शाही किशोर र अर्षद खानले १-१ विकेट लिए।

अङ्कतालिकाको शीर्ष स्थानमा रहेको गुजरात हारका बाबजुद पनि शीर्ष स्थानमा नै रहेको छ। यो गुजरातको प्रतियोगितामा चौथो हार हो। गुजरातले १३ खेल खेल्दा ९ जित र ४ हार सहित १८ अङ्क जोड्दै शीर्ष स्थानमा नै रहेको छ।

लखनउ भने प्लेअफ दौडबाट बाहिरिसकेको छ। १३ खेल खेलेको ६ जित र ७ हार सहित १२ अङ्क जोड्दै छैटौं स्थानमा रहेको छ। अब लखनउले आरसीबीसँग खेल्न बाँकी रहेको छ भने गुजरातले लिग चरणमा अब चेन्नाईसँग खेल्न बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.